×

Nic Asia
Dabur
Prabhu Bank

सेवा सहज बनाउन राहदानी विभागको कदम, दैनिक १५०० का दरले अग्रिम अनलाइन आवेदन

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्बिर
Premier Steels
TVS INSIDE

राहदानी विभागले सेवा सहज बनाउन भन्दै पहल थालेको जनाएको छ । जसअनुसार विभागले माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ । 

yONNEX
IME BANK INNEWS

 प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस ब्यवस्थालाई निरन्तरता दिने विभागको भनाइ छ ।  यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको विभागले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूलाई पनि सोहीअनुसार अनलाइन आवेदन फाराम खोल्ने व्यवस्थाका लागि अनुरोध गरिएको विभागले जनाएको छ ।  यसरी राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट एकसाथ धेरै फाराम खोल्दा सेवाग्राहीहरूलाई फाराम भर्ने विभिन्न विकल्प हुने र सहज फाराम पाइने अपेक्षा गरिएको सूचनामा उल्लेख छ । 

यसबाहेक जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराइका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र,  पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ । 


Advertisment
Lokantar App
Saurya island

उल्लिखित व्यवस्था लागू गरी अनलाइन राहदानी फारामलाई सहज बनाई नेपाली नागरिकहरूलाई सरल, सहज र झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको भन्दै विभागले आवश्यक सहयोग गरिदिन पनि सरोकारवाला सबैसँग अनुरोध गरेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण ग...

चैत ६, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...

चैत ६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...

चैत ६, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् । ज...

चैत ६, २०७९

रातैभरी विमानको ढोका खुला राखेको र त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै वायुसेवा निगमका दुईजना एरोनटिकल इन्जिनियर निलम्बनमा परेका छ । वायुसेवा निगमको एक वाइडबडी विमान १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिट...

चैत ६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।​  सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x