चैत १०, २०७९
नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक ...
काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ ।
बुधबार पनौतीमा पत्रकार सम्मेलन गरी त्यसबारे आयोजकले जानकारी गराएको हो । जिल्लामा पहिलो पटक हुन लागेको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले बताए । खेलकुद महोत्सव अन्तर्गत सञ्चालन हुने विभिन्न खेलका लागि हालसम्म एक हजार ४९४ खेलाडिले नाम दर्ता गरेको उनले बताए ।
लोपोन्मुख कबड्डी लगायतका खेललाई प्रबर्धन गर्ने काम महोत्सवले गर्ने उनले बताए । सम्भव भएसम्म डन्डीबियो खेल खेल्ने खेलाडिको खोजी भइरहेको उनको भनाइ छ । खेलकुद महोत्सवका लागि करिब पन्ध्र सय खेलाडिले नाम दर्ता गरे पनि कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षकबीच मैत्रीपूर्ण खेल हुने उनको भनाइ छ ।
मैत्रीपूर्ण खेलमा समेत गर्दा करिब दुई हजारले सहभागिता जनाउने समन्वय प्रमुख गौतमले बताए । महोत्सव २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कबड्डी, कराँते, भलिबल, फुटबल, बुद्धिचाल, एथलेटिक्स्, तेक्वान्दोलगायत खेलहरु हुने बताइएको छ ।
महोत्सवमा पनौती नगरपालिकाबाट ४३८, बनेपाबाट ३८१ जना, धुलिखेलबाट १२७ जना, पाँचखालबाट १४७ जना, मण्डनदेउपुरबाट ३५ जना, नमोबुद्धबाट ८२ जना खेलाडिले सहभागिता रहनेछ । यस्तै, रोशीबाट ५६ जना, चौरीदेउरालीबाट २९ जना, भुम्लु गाउँपालिकाबाट १२ जना, बेथानचोकबाट १०२ जना, महाभारतबाट १८ जना, खानीखोलाबाट ४३ जना र तेमाल गाउँपालिकाबाट २७ खेलाडिले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
खेलकुद महोत्सवमा १३ वटा खेलमा १३२ जनालाई स्वर्ण पदक, १३२ जनालाई रजत र १९४ जनालाई कास्य पदकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा पहिलो हुनेलाई नगद ३० हजार, दोस्रोलाई नगद २० हजार र तेस्रोलाई नगद १० हजार प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले बताए ।
नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक ...
बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुक्रवारदेखि शुरू हुँदैछ । बैतडीका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्...
विराट गोल्ड कप फूटबल प्रतियोगितामा पूर्व विजेता टीम नेपाल पुलिस क्लब बाहिरिएको छ । पहिलो खेलमा आयोजक विराटनगर सिटीले विजयी शुरूआत गर्दै सेमिफाइनलमा पुगेको छ । बिहीवार भएको उद्घाटन खेलमा पूर्व विजेता...
एसिया कपको आयोजना गर्ने अवसर पाकिस्तानले पाएपछि भारतले त्यहाँ गएर कुनै पनि खेल नखेल्ने भनेको छ । भारतीय टोलीलाई अर्को कुनै ठाउँमा गएर खेल्नका लागि विकल्प दिनुपर्ने बीसीसीआईको भनाइ छ । उता...
नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले सन्यासको घोषणा गरेका छन् । सामाजिक संजालमा लेख्दै सुजलले ११ बर्षमा ५१ खेल खेल्न पाउँदा आफूले गर्व महसुस गरेको जनाएका छन् । ‘मेरा सम्पूर्ण सुभचिन्त...
पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...