चैत २, २०७९
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्...
काठमाडाैं | माघ २०, २०७९
बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उद्धार गरिएको हो ।
उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।
ब्यूरोले राजधानीमा शुक्रवार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ ।
भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ”, ब्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।
उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुईपटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरूले जानकारी दिएको प्रहरीको भनाइ छ ।
उनले थपे, “प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।”
निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए ।
उनले भने, “हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।”
पीडित बालिका मंसिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ ।
भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।
पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ ।
बेचबिखन तथा ओसारपसार हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ । रासस
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्...
मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईल...
सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आ...
भीरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहर...
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय ...
महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...