चैत ६, २०७९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्...
काठमाडाैं | माघ २१, २०७९
काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको हो।
राति करिब ९ बजेदेखि सुरु भएको बैठकमा पार्टी सरकारबाट बाहिरिने कि सम्झौता गर्दै सरकारमै बसिरहने भन्नेबारे विचारमिमर्श भइरहेको एक नेताले जानकारी दिए ।
रास्वपाका सभापति रवि लामिछानेलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले शनिबारको भेटमा नयाँ प्रस्ताव गरेका थिए । प्रचण्डले गृहको साटो रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लिन प्रस्ताव गरेका थिए ।
रास्वपाले गृह नै पाउनुपर्ने भनेर सरकारलाई दुई दिने अल्टिमेटम दिएको सन्दर्भमा प्रचण्डले आज नयाँ प्रस्ताव गरेपछि सोही विषयमा छलफल केन्द्रीत भएको ती नेताले बताए ।
यसअघि बिहीबार बसेको रास्वपाको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको अल्टिमेटम दिएको थियो ।
दुई दिनपछि पनि आफ्नो माग पुरा नभए जस्तो सुकै निर्णय गर्न पनि तयार रहेको रास्वपाले चेतावनी दिएको थियो । अल्टिमेटमलगत्तै रास्वपाका सभापति लामिछानेले एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डसँग पटक पटक छलफल गरिसकेका छन् । यो विषयमा ओलीले प्रचण्डसँग पनि छुट्टै छलफल गरेका छन् ।
रास्वपा प्रधानमन्त्रीको नयाँ प्रस्ताव मानेर सरकारमै रहिरहन्छ कि त्यसलाई अस्वीकार गर्दै बाहिरिने निर्णय गर्छ भन्नेमा धेरैको चासो छ । रास्वपाका नेताहरुले आजको बैठकले ठोस निर्णय लिने प्रतिक्रिया दिँदै गम्भीर छलफल भइरहेकाले बैठक लम्बिन सक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्...
कलंकी–कोटेश्वर खण्डअन्तर्गत खसीबजारदेखि बल्खुसम्मको सडकको 'सर्भिस लेन' डोजर लगाएर भत्काउन थालिएको छ । करीब साढे २ किलोमिटर सडकको पिच भत्काएर पुन: नयाँ पिच गर्न लागिएको हो । सामान्य रूपमा ह...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...
देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुलेटिन जारी...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...