×

Nic Asia
Dabur
Prabhu Bank

नियामकको शर्तविपरीत टेलिकमको फाइभजी परीक्षण

काठमाडाैं | फागुन ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ ।

yONNEX
IME BANK INNEWS

नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै फाइभजी परिक्षण गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

टेलिकमले सीमित कर्मचारीलाई सीमित डिभाइसमा प्रयोग गर्ने गरी सुन्धारा र बबरमहलबाट मात्रै फाइभजी परीक्षण गरेको पाइएको छ ।

यस्तो परीक्षण टेलिकमले आन्तरिक रूपमा गरेको भए पनि कुनै औपचारिक जानकारी भने सार्वजनिक पनि गरेको छैन ।


Advertisment
Lokantar App
Saurya island

टेलिकमले गरेको फाइभजी परीक्षणको दायरा बढाउन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अनुरोध गरेका छन्।

प्राविधि पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको नेपालमा 'फाइभजीको चुनौती र अबको बाटो' विषयक कार्यक्रममा टेलिकमले गरेको फाइभ जीपरीक्षणमा भएको कमजोरी सार्वजनिक भएको हो । हाल टेलिकम क्षेत्रमा एनसेल र टेलिकम प्रमुख प्रतिस्पर्धी भए पनि यो सुविधा भने टेलिकमले मात्रै पाएको छ ।

Vianet communication

टेलिकममले भने डिभाइस, मोबाइल सेट र जनशक्तिसहित समस्या देखाएको छ ।

टेलिकमका उपनिर्देशक सुजित आनन्द मल्लले नेपालमा फाइभजी सपोर्ट गर्ने डिभाइस नभएको र टेलिकमले पूर्ण तयारी गरेर मात्रै आम उपभोक्तालाई सेवा दिने भएकोले ढिलो भएको बताए । उनका अनुसार अहिले बजारमा फाइभजी सपोर्ट गर्ने साओमीको मात्रै सेट रहेको बताए । थप मोबाइल सेटमा फाइभजी चलाउन आवश्यक तयारी भइरहेको पनि बताए । 

फोरजीभन्दा उच्च पावर लाग्ने सिस्टम बनाउनुपर्ने र सेवा दिने भेण्डर पनि छनोट गर्नुपर्ने भएकोले ढिलो भएको मल्लले स्वीकार गरे ।

उनले आम जनताबाट गाली नखाने गरी तयारी गरेर मात्रै सबैलाई फाइभजी टेस्ट गर्न दिने बताए। यसका लागि अब टेलिकमले आइफोन र अन्य सेटमा फाइभजी सपोर्ट गर्ने गरी आन्तरिक तयारी भएको पनि बताए । 

नियामकले फोरजी र फाइभजी दुवैमा एनसेलाई बिभेड गरेको एनसेलका चिफ आईटी अफिसर विशाल उपाध्यायले बताए । उनले आफूलाई पनि फाइभजीको परीक्षण गर्न दिन आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
फागुन १९, २०७९

संरचना निर्माण वा विस्तारको काम गर्न स्थानीय तहहरूलाई नेपाल टेलिकमले अनुरोध गरेको छ।  जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा आ...

फागुन २, २०७९

भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न...

फागुन ३०, २०७९

नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ।  आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति ...

चैत ९, २०७९

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ। यो अत्याधुनिक प्रविधिको...

चैत १४, २०७९

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोअन्तर्गत डिजिटल वालेट 'हाम्रो पे' शुरू भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता ...

फागुन ७, २०७९

नेपाली ग्राहकले चाहेअनुसार टेलिभिजन वितरण सेवाका लागि अलाकार्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ । सरकारले नीतिगत व्यवस्था गरेरै यो प्रविधि लगाउने भएको हो । सञ्चार मन्त्रालयले नीतिगत व्यवस्था गरेरै...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x