जेठ २२, २०८०
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...
चैत १, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ । आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टाअघिदेखि अर्थात मंगलवार राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।
००००
मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सिफारिसअनुसार संघ र प्रदेश तहको प्रशासनिक समन्वय र सहकार्यका लागि प्रधानमन्त्रीस्तरको निर्णयबाट परिषद् गठन गरिएको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन् ।
००००
पौडेललाई छिमेकी मुलुक चीनका समकक्षी सी चिन फिङले बधाई दिएका छन्। चिनियाँ दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई बीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकास भएको उल्लेख गरेका छन्।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतबाट फैसला भएका ४ वटा मुद्दा सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस तथा रिसवत गरी ४ वटा मुद्दामा आयोगको निर्णयानुसार मंगलवार पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा शुरू नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोर्होयाएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाइसक्ने बताए।
००००
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्श संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाले सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
००००
आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बनाउने तयारीकै बीच १६ दिनदेखि अर्थ मन्त्रालय नेतृत्वविहीन छ । १५ फागुनमा एमाले सरकारबाट बाहिरिने निर्णय गरेपछि अर्थसहितका महत्त्वपूर्ण मन्त्रालयले विभागीय मन्त्री पाएका छैनन् ।
विभागीय मन्त्री नहुँदा जुन गतिमा दैनिक प्रशासन चलाउने, औपचारिक निर्णय गर्ने, दीर्घकालीन महत्त्वका नीति निर्माण गर्नेदेखि कर्मचारीको खटनपटनसम्म प्रभावित भइरहेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्।
माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए।
मंगलबारबाट काठमाडौंमा शुरू मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिए।
००००
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए। यद्यपि संयोजक थापा पक्राउबाट छुटिसकेका छन् ।
यसैगरी मंगलबार बैंक र लघुवित्तविरुद्ध राजधानीमा प्रदर्शन भएको छ । चर्को ब्याजदरविरुद्ध राजधानीमा प्रदर्शन हुँदै आएको छ ।
००००
सशस्त्र प्रहरी बलको नियमावली संशोधनको गृहकार्य शुरू भएको छ । नियमावली संशोधन गरेर तल्लो दर्जाका कर्मचारीले १६ वर्षमा अवकाश पाउने व्यवस्था गर्न लागिएको हो ।
तल्लो दर्जाका कर्मचारीले छिटो अवकाश पाउने गरी नियमावलीमा संशोधन तथा ऐनमै व्यवस्था गर्न लागिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।
००००
ठगी र संगठित किर्ते अभियोगको कसूर लागेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको एआईजी उत्तम सुवेदीले लोकान्तरलाई जानकारी दिए।
००००
‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बालाजुस्थित बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुखहरुको वैठकले मंगलबार सञ्जाल गठन गरेको हो ।
उपप्रमुख–उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामना गर्न साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।
००००
बागमती प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ वटा समितिका अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ ।
प्रदेशसभा नियमावली २०७४ को गठन आदेशअनुसार प्रदेश सभामा ५ वटा समिति रहने व्यवस्था छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहने समितिमा क्रमशः अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको थियो ।
००००
अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन्।
मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्था बुझेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...
नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे । ...
‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ । उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक भारतीय प्रधानमन्त्रीका तर्फबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्ने स्पष्ट विचार आएको बताएका छन् । प्रतिनिधिसभामा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिँदै प्रधा...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...