चैत ६, २०७९
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।
बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर मार्फत शिशुको बन्द भएको भल्भ खोलिएको हो । त्यसले रक्तप्रवाहलाई सहज गराएको थियो ।
जम्मा ९० सेकेन्डमा यो सर्जरी गर्न चिकित्सकहरू सफल भएका थिए । अहिले आमा र शिशु दुवै सुरक्षित छन् ।
एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा यो अपरेसन गरिएको हो । एम्सका चिकित्सकहरूको टोलीले अहिले शिशुको मुटुको निगरानी गरिरहेका छन् ।
शिशुकी आमाको पछिल्लो तीन गर्भ खेर गएको थियो ।
पछिल्लो गर्भमा पनि शिशुको मुटुको अवस्था जोखिमपूर्ण देखिएपछि चिकित्सकहरूले अपरेसनको सल्लाह दिएका थिए । गर्भवती महिला र उनका पतिले अपरेसन गर्न मानेका थिए ।
शिशु आमाको गर्भमै हुँदा मुटुरोग छ भने पत्ता लगाउने प्रविधि विकसित भइसकेको छ । गर्भमा नै त्यसलाई ठीक पार्न सके जन्मेपछि बच्चाको स्वास्थ्य सामान्य रहन्छ ।
यो सर्जरी विधि एकदमै छिटो गर्नुपर्ने हुन्छ । गर्भस्थ शिशुको हार्ट चेम्बरलाई प्वाल पारेर अपरेसन गर्नुपर्ने हुँदा सानो चुक भएमा पनि बच्चाको ज्यान जान सक्छ ।
छिटो अनि अल्ट्रासाउन्डको सहायताले सही अनुमानका साथ अपरेसन गरिएकाले शिशुको मुटु अब सामान्य बनेको छ ।
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् । सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् । अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...