चैत ६, २०७९
बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्त...
दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालिबीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।
इटहरीमा रहेको एनपी निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने साम योन सुक लिले बताए ।
इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इँटा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।
साम योन सुक लीले ‘ कोशी प्रदेशमा रहेको एनपी निर्माण कम्पनीसँग भएको साझेदारीप्रति खुशी प्रकट गरेका छन् ।
गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ ।
‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।
'कोशी, बागमती र गण्डकी प्रदेशसहित नेपालभरि तीव्र गतिमा साझेदारी तथा उद्योग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साम येन सुक ली थप्छन्, 'ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै ७ वटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।'
आगोमा नपोली वातावरणमैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफूहरू उत्साहित भएको एनपी निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।
इन्नोसीएसआर सन् २००८ मा स्थापित विश्वस्तरीय निर्माण सामग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबुत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।
एनपी निर्माण सेवा २०७५ सालमा स्थापना भएको कम्पनी हो । कम्पनी इटहरी र आसपासका क्षेत्रमा निर्माण सामग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।
बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्त...
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एकल अङ्कमा ल्या...
निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौता भएको हो। दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको ...
ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट...
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँमा ...
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरेको छ। आज त्रिवेणी ग्रुपका अध्यक्ष श्री...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...