चैत ४, २०७९
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...
चितवन | चैत ३, २०७९
कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ ।
दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।
गत मंगलवार भएको जुम बैठकमा १ जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता २ वटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकूलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर ३ सदस्यीय छानबिन समिति बनाएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक डा. श्रवणकुमार साहको संयोजकत्वमा प्रा.डा. दुर्गा देवकोटा र प्रा. नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताए ।
विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...
चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् । भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका ...
नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको न...
सुन्दा अचम्म लाग्न सक्छ, लोक सेवा आयोगले लिएको परीक्षामा एकै व्यक्तिले १ वर्षमा ४ वटा परीक्षा उत्तीर्ण गरिन् । तर धनकुटाकी २३ वर्षीया युवतीले १ वर्षमा ४ वटा परीक्षामा नाम निकालेकी छन् । धनकुटाकी नविना दाहालले ए...
चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो । भरतपुर महानगरपा...
अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...