×

Nic Asia
Dabur
Prabhu Bank

ज्योतिषीको जोखाना

ज्योतिषीको सुझावमा देउवा भाडाको घरमा बसेको खुलासा, छिट्टै सत्तामा फर्किने भविष्यवाणी !

काठमाडाैं | चैत ३, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै आलिसान बंगलामा नसरेर किन भाडाको घरमा बसिरहेका होलान् ? बाहिरबाट झट्ट हेर्दा बूढानीलकण्ठ दरबार मर्मतका कारण । तर, वास्तविकता भने अर्कै छ र केही अनौठो पनि । 

yONNEX
IME BANK INNEWS

कुनै पनि काम गर्दा ज्योतिषीको परामर्श लिएर मात्रै गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १२ गते प्रधानमन्त्री निवास बालुवाटार छाड्ने बेलामा पनि ज्योतिषीसँग परामर्श गरे । ज्योतिषीले अनौठो सल्लाह दिए, भाडाको घरमा बस्ने । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘आफ्नै निवासमा जाँदा फेरि बालुवाटार फर्किन ढिला हुने देखियो । भाडामा बसेपछि तत्काल सत्तामा फर्किने सम्भावना बढी हुन्छ भन्ने सुझाव थियो,’ ज्योतिषीको सल्लाहबारे सम्बद्ध स्रोतले लोकान्तरसँग भन्यो ।

कांग्रेस सभापतिको उम्मेदवारी मनोनयनदेखि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी मनोनयन गर्नेबेलासम्म देउवाले साइत हेराएर काम गरेका थिए । 


Advertisment
Lokantar App
Saurya island

देउवालाई ज्योतिषीय परामर्श दिँदै आएका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि उनलाई भाडाको घरमा बस्न सुझाव दिएको स्वीकारे । 

बुढानीलकण्ठको घरमा नबसेर भाडाको घरमा बस्न तपाईंले सल्लाह दिएको भन्ने सुनियो, के त्यो सही हो ? भन्ने प्रश्नमा रिजालले भने, ‘त्यसरी बुझ्दा गलत हुँदैन । अहिले भैरहवामा छु । त्यसबारे थप व्याख्या गर्न चाहन्नँ ।’

Vianet communication

आफ्नै पुरानो घरमा बस्नुभन्दा भाडाको घरमा बस्दा सरकारको नेतृत्व छिट्टै गर्ने अवसर आउँछ भनेर सुझाव दिनुभएको हो ? भन्ने अर्को प्रश्नमा रिजालले थपे, ‘तपाईंले पाएको सूचना गलत हैन । यसको मतलब फेरि छिट्टै चान्स (प्रधानमन्त्री बन्ने योग) आउन लागेको हो भनेर बुझ्न सक्नुहुन्छ ।’

वास्तु, ग्रहको स्थिति, दिशा आदि कारणले धेरै कुरा निर्धारण गर्ने भएकाले कहाँ बस्ने, कहाँ नबस्ने भन्ने कुरा ज्योतिषीय दृष्टिकोणबाट हेरिने गरेको अर्का एक ज्योतिषी बताउँछन् ।

‘ग्रहचक्र समयानुसार घुमिरहेको हुन्छ । त्यो अवस्थामा कुन दिशामा वा कुन घरमा बस्दा फलिफाप हुन्छ, कुनमा बस्दा राम्रो हुँदैन भन्ने हुन्छ, शायद त्यस्तै केही स्थिति बनेकाले भन्नुभएको हुनसक्छ,’ रिजालको भविष्यवाणी र ज्योतिषीय मान्यताबारे जिज्ञासा राख्दा ती ज्योतिषीले लोकान्तरसँग भने ।

रिजाल तिनै ज्योतिषी हुन्, जसले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा देउवाले धनगढीमा पुगेर ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएका थिए । 

२०७४ वैशाख ३० र मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्दा पनि तत्कालीन प्रधानमन्त्री देउवाले ज्योतिषीको परामर्श लिएका थिए । 

नेकपा एमाले र माओवादीले वामपन्थी गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेको समयमा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएपछि देउवा ठट्टाको पात्र बनेका थिए । तत्कालीन प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ २३ सीट जितेका देउवा २०७८ असार २८ गते पाँचौंपटक प्रधानमन्त्री बने । 

देउवा आफैंले गरेको दाबीअनुसार अब उनीसँग प्रधानमन्त्री बन्ने दुईवटा योग बाँकी नै छन् । पुस १० गते नै एमालेको समर्थनमा छैटौं कार्यकालको प्रधानमन्त्री बन्ने योजना बनाएका देउवा यसपटक चिप्लिएका थिए । 

सत्ता गुमे पनि देउवाले निकटवर्तीलाई ‘वी विल कमब्याक सुन’ भनेर ढाडस दिने गरेका थिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाहिना भइदिएपछि संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । 

प्रधानमन्त्री बनेर विश्वासको अभूतपूर्व मत पाएका प्रचण्ड नेतृत्वको सरकार दुई महिनामै छिन्नभिन्न हुन पुगेको छ । प्रचण्ड सरकारमा माओवादीबाहेक सीके राउतको पार्टीमात्र बाँकी छ ।  

प्रचण्डले दोस्रोपटक विश्वासको मत लिने तयारी गरिरहेको समयमा उनको सरकारको भविष्यका बारे टीकाटिप्पणी शुरू भएको छ । प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् । 

कांग्रेस नेताहरूले वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ भनेर दाबी गरिरहेको समयमा नेकपा एमालेका नेताहरू भने कांग्रेससँग सहकार्यको भित्री तयारी गरिरहेका छन् । 

राष्ट्रपति निर्वाचनमा धोका पाएका एमाले नेताहरूले सार्वजनिकरूपमा नै प्रचण्डको उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र रहने टिप्पणी गरिरहेका छन् ।

तत्कालै सरकार ढल्ने सम्भावना नरहे पनि केही महिनामा कांग्रेससँग मिलेर सरकार बनाउने योजना रहेको नेताहरू स्वीकार्छन् । 

ज्योतिषी रिजालले देउवाको प्रधानमन्त्री बन्ने योग नजिकिएको बताए पनि कहिले भन्ने खुलाएनन् ।

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १८, २०७९

मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा क्षेत्र विभिन्न कारणले रिक्त भएपछि आगामी वैशाख १० गते हुने ३ निर्वाचन क्षेत्रको उपनिर्वाचन महाभिडन्त हुने भएको छ । नियमित चुनावको ५ महिनामा अर्थात् वैशाख १०...

चैत १९, २०७९

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगेका छन् । बर्दिवासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका मिटरब्याजी पीडितहरूले झण्डै एक सातादेखि राजधानीको सडकमा...

चैत १९, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि प...

चैत १८, २०७९

देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा सबैभन्दा फराकिलो अन्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको थियो । तर उनी पुनः नगारिकता प्राप्त गरेपछि १० वै...

चैत १९, २०७९

मौसम पूर्वानुमान महाशाखाले आज आइतवार मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको हु...

चैत १८, २०७९

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल भर्ना भएको शीतल निवास स्रोतले जनाएको छ ।  उनी साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना  भएको र परीक्षण जार...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x