×

Nic Asia
Dabur
Prabhu Bank

मनाङमा छैन स्नातक तहको पढाइ हुने क्याम्पस

मनाङ | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’

yONNEX
IME BANK INNEWS

जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । ‘जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा पूरा नै नहुने रहेछ,’ उनले भने, ‘उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भयो, अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँदैछु ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘जिल्लामा प्लस टुसम्म पढियो, स्नातक तह पढ्न जिल्ला बाहिर जानुपर्छ, खर्च जुटाउनै सकिँदैन,’ रिया गुरुङ भन्छिन्, ‘इच्छा र चाहना सबै पूरा हुँदैनन् भनेको हो रहेछ, उच्च शिक्षा हासिल गर्ने मन भए पनि हामीले पढ्न पाउँदैनौं ।’

जिल्लामा नै उच्च शिक्षा अध्ययन गर्न पाउने भएको भए इच्छा पूरा हुने उनी बताउँछिन् ।


Advertisment
Lokantar App
Saurya island

अस्मिता गुरुङ भन्छिन्, ‘घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्, बुवाआमासँग झगडा गरेर भए पनि उच्च शिक्षा लिन्छुजस्तो हुन्छ नि ! के गर्नु बाबाआमाको दुःख पनि त बुझ्नुपर्‍यो ।’
    
‘देश विदेशबाट पर्यटक आउँछन् तर, पनि हामी त अभागी हौं, कति मान्छेलाई हामी मनाङमा बस्ने भनेर खुशी हुन्छन् होला, हामी भने दुःखी छौं, पढ्नै नपाउने भए पछि कहाँ खुशी हुन सकिन्छ र ?’ अस्मिता भन्छिन् ।

यी सबै मनाङका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी उच्च शिक्षा हासिल गर्न नपाउँदाको दुखेसो हो । 
    
आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कतिपय अभिभावकले विभिन्न पाठशालामा पुर्‍याउने गर्दछन् तर विपन्न तथा विकट जिल्लाका विद्यार्थी भने उच्च शिक्षा आर्जन गर्ने अवसरबाट नै वञ्चित हुने गरेका छन् । 
    
कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई ठूला शहर तथा उच्च कोटीको विद्यालय, क्याम्पस तथा कलेजमा पठनपाठनका लागि पठाउने गर्दछन् तर विकट हिमाली जिल्ला मनाङका विद्यार्थी भने उच्च शिक्षा अध्ययनबाट नै वञ्चित हुने गरेका छन् । 
    
मनाङमा हालसम्म १२ कक्षासम्म मात्रै अध्यापन हुने हुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । उच्च शिक्षाका लागि ‘प्लस टु’ सकिएपछि अन्यत्र जानुपर्ने हुँदा कयौं विद्यार्थी उच्च शिक्षा लिने अवसरबाट नै वञ्चित भएका छन् । 
    
जिल्लामा स्नातक तहसम्मको पठनपाठन नहुँदा विशेष गरी विपन्न वर्गका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले बताए । ‘स्नातक तहको पठनपाठन जिल्लामा नहुँदा यहाँका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन्,’ चपाईंले भने । 
    
जिल्लामा शिक्षा र व्यवस्थापन संकाय मात्रै अध्यापन गराइने गरिएकामा विगत ४ वर्षदेखि कृषि र प्राविधिक धारका विषयको पठनपाठन थालिएको चपाईंले बताए । आवासीय रूपमा रहेको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा प्राविधिक धारका प्राविधिक र कृषि विषयमा अध्यापन भइरहेको उनले बताए ।
    
जिल्लाका अन्य विद्यालयमा शिक्षा र व्यवस्थापनबाहेक अरु विषयमा पठनपाठनको व्यवस्थापन हुन नसकेको उनले बताए । लोकप्रिय मावि र नासो गाउँपालिका–३ स्थित प्रकाशज्योति माध्यमिक विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ । 

Vianet communication

नासो गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा १० कक्षासम्म मात्रै अध्यापन हुने गरेको छ । मनाङमा शैक्षिक गुणस्तर वृद्धि तथा उच्च शिक्षाको विकासका लागि समन्वयको भूमिकामा प्रस्तुत भइरहेको चपाईंले बताए ।
    
प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुप्रभा खनाल ढुंगलेले उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय एकाइको माध्यमबाट छलफल तथा समन्वयात्मक रूपमा प्रत्येक स्थानीय तहसँग छलफलमा रहेको बताइन् ।
    
‘उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी मौलिक अधिकारबाट वञ्चित नहोस् भनेर समन्वय गरिरहेका छौं,’ प्रजिअ ढुंगेलले भनिन्, ‘जिल्ला बाहिर गएर अध्ययन गर्न सक्ने विद्यार्थीलाई भन्दा विपन्न वर्गका विद्यार्थी नै शिक्षाबाट वञ्चित हुन नपरोस् भनी तदारुकताका साथ प्राथमिकता दिएका छौं ।’
    
जिल्लाका राजनीतिक दल, ४ वटै पालिकाको शिक्षा शाखामार्फत उच्च शिक्षा अध्ययनका कक्षा आगामी वर्षदेखि सञ्चालनको विषयमा छलफलमै रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामै उच्च शिक्षा आर्जन गर्न पाउने भएमा जिल्लाका विद्यार्थीमा हुँदै आएको निरासा हट्ने बताइएको छ ।

जिल्लामा उच्च शिक्षा अध्यापन भएमा परिवारलाई सहयोग गर्दै जिल्लामा नै उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरू बताउँछन् । – नविन लामिछाने/रासस

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १२, २०७९

बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा निकै विकटमा...

चैत १२, २०७९

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ। यस वर्ष कक्षा ६ द...

चैत १२, २०७९

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।  आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले उत्तीर्ण भएकाहरूले व्यवसाय गर्न पहिलो पटक लाइसे...

चैत १२, २०७९

मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट...

चैत १४, २०७९

इन्जिनियरको लाइसेन्स परीक्षामा ७२ प्रतिशत अनुत्तीर्ण भएका छन्।  मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्...

चैत ९, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले बिहीवार विज्ञप्ति जार...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x