चैत ७, २०७९
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ४८ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बढाएको राष्ट्रिय ढुकुटीबाटै एमाले नेतृत्वको सरकारले वृद्धभत्ता बाँड्न सकेको बताएका छन् । नेपाल प्रेस युनियनले गरेक...
काठमाडाैं | चैत ४, २०७९
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।
मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउन एकजुट हुनुपर्नेमा जोड दिए।
नेकपा एमालेतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए।
'आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन', उनले भने।
गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, 'देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।'
अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ४८ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बढाएको राष्ट्रिय ढुकुटीबाटै एमाले नेतृत्वको सरकारले वृद्धभत्ता बाँड्न सकेको बताएका छन् । नेपाल प्रेस युनियनले गरेक...
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सो...
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अताव...
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्था...
आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी...
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...