चैत ७, २०७९
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्था...
काठमाडाैं | चैत ४, २०७९
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई बिथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।
'लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसंघ खेद प्रकट गर्दछ', नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएका नेविसंघले जनाएको छ ।
नेविसंघ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले अपराधिक घटनामा संगल्न व्यक्तिमाथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन्। उनले स्ववियु निर्वाचन बिथोल्न विभिन्न विद्यार्थी संगठन लागेको आरोप लगाए।
नेविसंघले भोलि हुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नगर्न र मतदान गर्न आउने विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्था...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन् । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भ...
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अताव...
आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बुधवार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यक...
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार...
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...