चैत १०, २०७९
नेपाल प्रहरीको ३० औं महानिरीक्षक (आईजीपी) मा बढुवा भएका वसन्त कुँवरलाई प्रधानमन्त्रीले बधाई तथा सफल कार्याकालको शुभकामना दिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी बनाएको हो। ...
भारतीय राजदूतावासमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ ।
कार्यक्रममा गत वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत दुई सय ५० भन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष ‘रोल अफ अनर’ प्रदान गर्ने घोषणा गरे।
मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २१औँ ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिएका थिए।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकूलपति प्राडा शिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा पूण्यप्रसाद रेग्मी उपस्थित थिए।
भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा यो स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो ।
यो योजनाको शुरूआतमा ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति सङ्ख्या थपेर एक सय पुर्याइएको थियो ।
यस प्रतिष्ठित योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका तीन हजार विद्यार्थी लाभान्वित भइसकेका छन् ।
स्वर्ण जयन्ती छात्रवृत्ति पाएका कूल विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।
यस पटक स्वर्ण जयन्ती छात्रवृत्ति पाएका ७३ जिल्लाका दुई सय विद्यार्थीमध्ये ४४ प्रतिशत छात्रा रहेका दूतावासले जनाएको छ । स्वर्ण जयन्ती छात्रवृत्ति योजनाअन्तर्गत यो वर्ष ८ जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनोट गरिएको छ ।
नेपाल र भारतका विश्वविद्यालयमा स्नातक तहमुनिका र स्नातक तहमा औषधि विज्ञान, इञ्जिनियरिङ, दन्त विज्ञान, कला, कमर्स, विज्ञान, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फर्मिङ आर्टसलगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झण्डै एक हजार ६ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ ।
सन् २००६ यता हालसम्म २७ हजार नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।
नेपाल प्रहरीको ३० औं महानिरीक्षक (आईजीपी) मा बढुवा भएका वसन्त कुँवरलाई प्रधानमन्त्रीले बधाई तथा सफल कार्याकालको शुभकामना दिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी बनाएको हो। ...
बिचौलियाको रूपमा कार्य गर्ने एक जना महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका ९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्...
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबैसमक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा एमाले झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अ...
मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखांकन गर्दै १५ दिनभित्र संरचना हटाउन...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्। शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकी छन्। ४ दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चा...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...