×

Nic Asia
Dabur
Prabhu Bank

चलचित्र कलाकार संघ : रेजिना उप्रेतीलाई हराउँदै अध्यक्षमा मोहन निरौला निर्वाचित

५ जना उम्मेदवार रहेको महासचिवमा सबिन श्रेष्ठ विजयी

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
तस्वीर : गोपीकृष्ण चापागाईँ
Premier Steels
TVS INSIDE

चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभापश्चात भएको निर्वाचनमा प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

yONNEX
IME BANK INNEWS

निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए । 

संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल ‘वैरागी’ निर्वाचित भएका छन् भने महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।


Advertisment
Lokantar App
Saurya island

उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने महासचिवमा ५ जना उम्मेदवार थिए ।

सचिव पदमा जीवन थापालाई पराजित गर्दै रामेश्वर बुर्लाकोटी निर्वाचित भएका छन् । त्यस्तै विनोद कुमार भट्टराईलाई हराउँदै कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन् ।

Vianet communication

सह–कोषाध्यक्षमा पवित्रा आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । 

त्यस्तै सदस्यमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, पवन केसी, रोशन श्रेष्ठ, रञ्जना खड्का ‘खुश्वु’, नम्रता खरेल, पुकार भट्टराई, सरिता राजोपाध्याय र समीर लामा तामाङ निर्वाचित भएका छन् । 

सदस्यमा २५ जनाको उम्मेदवारी परेको थियो ।

शनिवार राती ११ गते मतगणना सकिएको थियो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...

चैत ७, २०७९

‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।  विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गाय...

चैत ७, २०७९

चर्चित गीत ‘धोकेबाज हौ तिमी’ अब र्‍याप भर्सनमा पनि सार्वजनिक हुने भएको छ ।  सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीत डेढ वर्षअघि गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थ...

चैत ६, २०७९

चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा स...

चैत ७, २०७९

चैत्र २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ विविध कारणले चर्चामा छ । विशेषगरि, यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा प्रतीक्षा बढेको हो ।  सञ्चा...

चैत ५, २०७९

आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’मा युट्युबमा अझै ट्रेन्डिङ नम्बर वानमा छ ।  शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीक...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x