जेठ २२, २०८०
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।
उनले भने, 'अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।'
अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसकेको उल्लेख गरे ।
'हाम्रो मानसिकता अरूलाई दोष दिनेछ', उनले भने, 'आफ्नो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।'
प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे । ...
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् । आइतवार पुन...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।&nb...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक भारतीय प्रधानमन्त्रीका तर्फबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्ने स्पष्ट विचार आएको बताएका छन् । प्रतिनिधिसभामा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिँदै प्रधा...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...