जेठ १७, २०८०
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
उनका अनुसार यसरी निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका ७ र उपत्यका बाहिरका १० आंगिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिइएको छ ।
‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्कालन स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ उनले लेखेको पत्रमा उल्लेख छ ।
उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस र आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन भनिएको हो ।
उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनीयरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनीयरिङ क्याम्पस, कृषि क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई पनि पत्र लेखिएको छ ।
त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यका बाहिर ४० मध्ये ३० क्याम्पसमा चैत ५ गते निर्वाचन भएको थियो ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधवार साँझ बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक...
नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज बिहीवार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई नेकपा एमालेनिकट अनेरास्ववियुले ध्याना...
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका ...
४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...