जेठ १८, २०८०
भरतपुर महानगरले अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन शुरु गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट अवैध संरचना हटाउन शुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारक...
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्रयाक्टर २६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १०८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मशिन ६ थान र ड्याङ बनाउने मशिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।
कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो ।
‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ,’ प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौं । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’
कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ,’ आचार्यले भने ।
अनुदान सहयोगमा हाते ट्रयाक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योती गुरुङले समय र पैसा बचत हुने बताइन् । ‘गाउँमा हाते ट्रयाक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि १ घण्टाको १ हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो,’ उनले भनिन् ।
भरतपुर महानगरले अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन शुरु गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट अवैध संरचना हटाउन शुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारक...
मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्न विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअ...
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आज (बिहीवार) एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका ला...
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्...
अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ हुँदैछ । बु...
कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...