जेठ १९, २०८०
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरे...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले बिहीवार विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रूपमा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।
‘हालै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएका अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं,’ ३ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले नजिक पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव सिद्धान्त भट्टले फरक जिल्लामा परीक्षा केन्द्र नराख्न र पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने विषयमा परीक्षा नियन्त्रकसँग अनुरोध गरिएको बताए ।
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरे...
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले १ हप्ताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगर प्रमुख दिनश अधिका...
दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बा...
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले २ दिन तथा कचनकवल गाउँपालिकाले ५ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले...
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका २ स्थानीय तहले ५ दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...