बैशाख १३, २०८०
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हज...
नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले चैत्र ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरेका हुन् ।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रुपमा कसैको भर पर्न नपरोस भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले 'नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको जनाएको छ ।
'सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात' भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ सुनौलो भविष्यमा एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिनेछ ।
यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो । यसमा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमांक रकम २५ हजार र अधिकतम बीमांक रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
यो बीमा योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यस्तै जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीको दाबी छ ।
यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरू समावेश गरिएका छन् । जसमध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सकिनेछ ।
विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भए बीमा अवधि समाप्तिमा बीमांक रकम आर्जित बोनस एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमांक रकम दिइने छ । भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमांकको ५ प्रतिशत रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म बीमितलाई प्रदान गरिनेछ । साथै बीमित ८० वर्ष पूरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।
बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमांक रकम आर्जित बोनस एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमांक रकम आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमांकको ५० प्रतिशत रकम बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
विकल्प १ र विकल्प २ दुवैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात सर्मपण मूल्य को ९० प्रतिशत ऋण प्राप्त गर्न सकिनेछ ।
दुर्घटना मृत्यु लाभ सुविधा बीमाशुल्क छुट तथा पूण अशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरू समेत उपलब्ध रहेका छन् ।
कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए ।
यस योजनालाई मुर्त रुप प्रदान गर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, एक्चुअरी तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई दिए । बीमा योजना सबै सरोकारवालाहरूको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह समेत गरे ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हज...
के तपाई काठमाडौं महानगरपालिकामा कुनै उद्योग व्यवसाय सञ्चालन गरिरहनु भएको छ ? कि धरान र बुटवल उपमहानगरपालिका वा धुलिखेल नगरपालिकामा घर, जग्गा छ वा व्यवसाय गरिरहनु भएको छ ? छ भने पक्कै पनि पालिकालाई कर तिर...
आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने नेपाल राष्ट्र बैंकको अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीहरूको साथमा शुक्रवार...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार ...
लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोम...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर १ हजार ८ सय ९२ अंकमा पुगेको छ । नेप्सेकाअनुसार बुधवार सेन्सेटिभ इन्डेक्ससमेत २.११ अंकले घटेर ३ सय ६१....
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...