जेठ १६, २०८०
चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ । चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा ...
नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बिहीबार बताएका छन् ।
“देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,” प्रवक्ता मुसा दानमदामीले भने ।
उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका पाँच जनालाई सेनाले मुक्त गरेको र करिब २८ जना डाँकुलाई पक्राउ गरिएको दानमादामीले पुष्टि गरे ।
देशको उत्तरपश्चिमी भागमा सरकारी सेनाले अपराधीहरूको घेरा सफा गर्ने क्रममा कम्तीमा १४ जना डाँकुहरूको हत्या गरेको र १६ जना अपहृत नागरिकहरूको उद्धार गरेको उनले बताए ।
सेनाको अभियानलाई ‘प्रशंसनीय र सफल’ भन्दै दानमादामीले १५४ वयस्क पुरुष, ५१४ वयस्क महिला र ८३८ बालबालिका गरी कुल एक हजार ५०६ आतङ्ककारी र उनीहरूका परिवारका सदस्यहरूले विभिन्न स्थानमा सरकारी सेनासमक्ष आत्मसमर्पण गरेको बताए ।
नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमणहरू मुख्य सुरक्षा खतराको रूपमा रहेका छन्, जसका कारण हालैका महिनाहरूमा मृत्यु र अपहरणका घटनाहरू बढेका छन् ।
चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ । चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा ...
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...
चिनियाँहरूले सोडियमको शक्तिबाट चल्ने तीन विभिन्न किसिममा कार बनाएका छन् । यी कारहरू पेट्रोलबाट चल्ने वा विद्युतीय कारहरूभन्दा सस्तो पर्छन् । स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्ने भएकाले वातावरणवादीहरू यो कार बज...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...