जेठ २२, २०८०
काठमाडौं महानगरपालिकाले चालू शैक्षिक सत्रदेखि शुरू गरेको शिक्षामा सीप कार्यक्रम ३ माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ गतेदेखि शुरू गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन ...
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले उत्तीर्ण भएकाहरूले व्यवसाय गर्न पहिलो पटक लाइसेन्स परीक्षा शुरू गरेको हो।
काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएकाहरूले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा शुरू गरेको बताए।
उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए।
उनले इन्जिनियरको रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए।
सदस्यसचिव गिरीले परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने बताए।
उनले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरूले पुनः काउन्सिलले लिने परीक्षा भने दिनु नपर्ने बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन्।
परीक्षा निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको उनले बताए।
उनले इन्जिनियर बन्न निष्पक्ष,गुणस्तरको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए।
उनले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरूलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
काठमाडौं महानगरपालिकाले चालू शैक्षिक सत्रदेखि शुरू गरेको शिक्षामा सीप कार्यक्रम ३ माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ गतेदेखि शुरू गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन ...
दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बा...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयमा पुगेका छन्। कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा स...
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले १ हप्ताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगर प्रमुख दिनश अधिका...
सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनु...
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका २ स्थानीय तहले ५ दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...