जेठ ६, २०८०
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो १ दशकमा यसको मुहार नै बदलिएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।
विक्रम संवत् २०५४ सालमा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुन सकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढाटाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।
गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताए । उनले १ दशक अगाडिसम्म अक्षतेमा २–४ वटा घर मात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाए । साढे २ दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्ती समेत विस्तार हुँदै गएको मल्लको भनाइ छ ।
उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउँछन् । ढल व्यवस्थापन, नक्सा पास लगायतका कामको शुरूआत गर्नुपर्ने उनको भनाइ छ । अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउँछन् । खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उनी सुनाउँछन् ।
‘अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको शुरूआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नून तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, १ दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन,’ मल्लले भने, ‘अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।’
स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताए । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ । सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडीबी) ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताए ।
उनले भने, ‘अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ ।
काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताए । घर भवन निर्माण लागि मापदण्ड समेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताए । पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाए ।
‘गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौं,’ उनले भने, ‘अब बिस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन् ।’
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ जेठ ...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । तर, १...
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्यो । अपाङ्ग...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...