×

Nic Asia
Dabur
Prabhu Bank

सरसर्ती २४ घण्टा

अन्तत: प्रचण्डको घरबेटीबाट खोसियो ठेक्का, ८ पटक म्याद थप्दा पनि बनेन सडक

मिटरब्याजीलाई कारबाही गर्ने कानुन बन्दै

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठकमा पेश गरेको सरकारको न्यूनतमम साझा कार्यक्रमको ड्राफ्टमा संयुक्त सरकारका १२ प्राथमिकता र ११ नीति तथा कार्यक्रम तय गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा प्रचण्डले छलफलका लागि ड्राफ्ट पेश गरेका थिए । यो ड्राफ्टबारे आवश्यक छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । 
००००
 प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन बुधबार पनि छलफल गर्दैछन् । बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत छलफल हुनेछ । आजै मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी छ । यसअघि बुधबार बसेको बैठकमा यसबारे सामान्य छलफल भएर बुधबारसम्म स्थगित भएको थियो । गठबन्धनमा कांग्रेसले ९ मन्त्रालयको दाबी गर्दा एकीकृत समाजवादीले ३ र जसपाले पनि ३ मन्त्रालयमै दाबी गरेको छ । यस्तै लोसपाले २ मन्त्रालय मागेको छ । 
००००
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् । 
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरे ।
००००
दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ ।     
विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

yONNEX
Frooti
Appy

प्रधानमन्त्री प्रचण्डका घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि  ठेक्का सम्झौता रद्द गरिएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको थप नगद फेला परेको छ । नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेकामा उनीहरुको साथबाट साढे ९ लाख भन्दा बढी स्रोत नखुलेको नगद पनि बरामद गरेको हो ।
००००
प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपालले भुटानसँग बराबरी खेलेको छ । यससँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा मंगलबार नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । 
खेलमा १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर नेपालका  दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।
००००
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएका हुन्।
००००
सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानून बनाउने निर्णय गरेको छ । मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको एक मन्त्रीले जानकारी दिए ।
००००
मधेश प्रदेशमा मन्त्रालयहरूको नाम परिवर्तन भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित हाल ११ वटा मन्त्रालय छन्। मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाहेक अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा,सिँचाई तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानून मन्त्रालय कायम गरिएको छ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय कायम गरिएको छ।
००००
विराटनगरको होटल बिग भएको कार्यक्रममा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा २५ जना घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीको घेरा तोडेर बढेपछि झडपको स्थति निम्तिएको थियो। 
झडपमा सशस्त्र र नेपाल प्रहरीका गरी १२ जना घाइते भएका मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
००००
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ। मंगलवार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको बताएको हो ।
पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका बताए ।
००००
नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काममा नेतृत्व लागेको आरोप लगाउँदै नेकपा एसका २ प्रभावशाली नेताले पार्टी छाडेका छन् । उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टीबाट अलग्गिएका हुन्।
००००
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको छ ।
मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहित प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।
००००
इन्जिनियरको लाइसेन्स परीक्षामा ७२ प्रतिशत अनुत्तीर्ण भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्ये ५६५ जना मात्र उत्तीर्ण भएका काउन्सिलका अध्यक्ष पदम शाहीले बताए।


Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक भारतीय प्रधानमन्त्रीका तर्फबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्ने स्पष्ट विचार आएको बताएका छन् ।  प्रतिनिधिसभामा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिँदै प्रधा...

जेठ २२, २०८०

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् ।  आइतवार पुन...

जेठ २२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...

जेठ २२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।&nb...

जेठ २२, २०८०

नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् ।  सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...

जेठ २२, २०८०

‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ ।  उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x