जेठ २२, २०८०
सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...
चीनमा लैंगिक असन्तुलन बढ्दै जाँदा विवाहका लागि कन्याको अभाव भएपछि पुरुषहरूले महंगो मूल्य तिर्न बाध्य भएका छन् ।
नेपाल र भारतमा प्रचलित दाइजो जस्तै गरी चीनमा वरले ‘वधु मूल्य’ तिर्नु परिरहेको छ ।
यो चलन बढ्दै गएपछि चीन सरकारले यसलाई रोक्नका लागि हस्तक्षेप गर्ने प्रतिज्ञा गरेको छ ।
वधु मूल्य अर्थात् दुलहीको परिवारलाई दुलाहाको परिवारले तिर्नुपर्ने दाइजोको इतिहास चीनमा लामो छ । एकल महिलाको तुलनामा एकल पुरुषको संख्या बढ्दै जाँदा यो चलनमा पनि वृद्धि भएको डर चीन सरकारलाई छ ।
दशकौंसम्म चीनमा लागू भएको एक सन्तान नीतिका कारण यो लैंगिक असन्तुलन भएको हो ।
वधु मूल्य बढ्दै गएपछि सत्तारूढ कम्युनिस्ट पार्टीको नयाँ नीति दस्तावेजमा यसको चर्चा गरिएको छ ।
उक्त दस्तावेजले ग्रामीण क्षेत्र, उत्पादन, पूर्वाधार र प्रविधिलाई पुनर्जीवन दिनुका साथै अत्यधिक वधु मूल्य लिने चलनलाई बन्द गराउने लक्ष्य लिएको ग्लोबल टाइम्स पत्रिका लेख्छ । अनि विवाह समारोहमा गरिने अत्यधिक खर्च रोक्नका लागि पनि प्रयास गरिएको छ ।
नीति दस्तावेजले स्थानीय सरकारहरूलाई पुराना चलनमा सुधार ल्याउनका लागि नियम बनाउन भनेको छ । वधु मूल्य दुलाहा र दुलहीको परिवारबीचको सद्भावका लागि दिइने गरेको भए पनि अहिले त्यसको मूल्य निकै चर्किएको दस्तावेजमा उल्लेख गरिएको छ ।
दुलाहाले दुलहीलाई दाइजो दिने चलन चीनको शहरी क्षेत्रमा पनि व्यापक छ । घरायसी सामग्री, घरजग्गा र कार समेत दाइजोमा दिने गरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले यस चलनलाई रोक्नका लागि अभियान थालेको छ । चीनको दक्षिणी भागमा रहेको च्याङ्सीको प्रान्तीय सरकारले शून्य वधु मूल्य सहितको सामूहिक विवाह गराएर यस सन्देशलाई लोकप्रिय बनाउन खोजेको छ ।
सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ आफूलाई हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन शुरू गरेका छन् । उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आ...
भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमा...
भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ । गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...