×

Nic Asia
Prabhu Bank

वैशाख १ मा होडबाजी

नयाँ वर्षमा ‘फिल्म रिलिज’को होड– किन भिड्न खोज्दैछन् एकसाथ ४ चलचित्र ?

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

एक वा दुईवटासम्म नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउनु सामान्य हो । तर, एकैदिन चारवटा नेपाली फिल्म प्रदर्शनमा आउने तयारीमा छन्, वैशाख १ गते ।

yONNEX
Frooti
Appy

नयाँ वर्ष २०८० को अवसर पारेर नेपाली फिल्मबीच ‘हेभीवेट भिडन्त’ तय भएको हो । ‘नाइँ नभन्नू ल ६’, ‘बिहे पास’, ‘जारी’ र ‘बुलाकी’ एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म हुन् । यी चारवटै विभिन्न कारणले चर्चामा रहेका र व्यापारिकरूपमा आशा गरिएका फिल्म मानिन्छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यीमध्ये अभिनेता दयाहाङ राईकै दुईवटा फिल्म छन् । एउटै अभिनेताका दुईसहित आशा गरिएका चार फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि उक्त मितिलाई फिल्मकर्मीले निकै चासोका साथ हेरेका छन् । 


Advertisment
Lokantar App
Saurya island

‘चारवटा फिल्म किन एकैदिन प्रदर्शनमा आउन लागेका होलान् ? यति धेरै फिल्म नेपाली बजारले थेग्छ ? यीमध्ये कुन–कुन फिल्म राम्रो चल्लान् ?’ फिल्मकर्मीमा मात्र होइन फिल्मप्रेमीमा पनि चासो छ । 

JYOTI
Vianet communication

किन लाग्यो भीड ?

चाडपर्व र नयाँ वर्षमा विगतदेखि नै फिल्म प्रदर्शनका लागि हानथाप हुँदै आएको छ । यद्यपि, एकैदिन चारवटासम्म नेपाली फिल्म प्रदर्शनमा आएको रेकर्ड भने पछिल्ला वर्षमा कमै छ । 

क्यालेन्डरमा रातो हेरेर प्रदर्शन मिति घोषणा गर्न तम्सिने प्रवृत्तिका कारण वैशाख १ का लागि फिल्मको भीड लागेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् । 

‘बिदा नपर्दा फिल्म लगाउन डराउँछन् । चाडपर्व वा क्यालेन्डरमा रातो घेरा देखेपछि सोही मितिमा प्रदर्शन गर्दा सुरक्षित भइन्छ भन्ने निर्माताको बुझाइ छ,’ खड्काले लोकान्तरसँग भने, ‘त्यही बुझाइको उपज वैशाख १ मा देखिँदैछ ।’ 

नयाँ वर्षमा रिलिज भएका फिल्मले राम्रो व्यापार गरेका उदाहरण विगतमा धेरै छन् । यद्यपि, एकैदिन चारवटासम्म फिल्म प्रदर्शनमा आउनु भने राम्रो नभएको अध्यक्ष खड्काको भनाइ छ । 

दुईवटासम्म फिल्म राम्रो चल्न सक्ने सम्भावना रहेपनि त्यो भन्दा बढी फिल्म प्रदर्शनमा आउनु ‘रिस्क’ रहेको उनले बताए । 

नवल खड्का

निर्माता संघले दुईभन्दा बढी फिल्म नजुधाउन अनुरोध गर्दै आएको बताउँदै खड्काले अगाडि थपे, ‘तर, चाडबाड र बिदा धेरै देखिनेवित्तिकै हाम्रो अनुरोध सम्बोधन हुँदैन ।’ 

पहिले–पहिले फिल्म प्रदर्शनमा ‘क्यू सिस्टम’ थियो, जुन पहिले सेन्सर भयो सोही फिल्मले प्रदर्शनमा प्राथमिकता पाउँथ्यो । 

‘त्यो बेला प्रदर्शनका लागि क्यूमा बस्नुपर्थ्यो । फिल्म बनाएको दुई वर्षपछि मात्र प्रदर्शनको पालो आउने अवस्था बन्थ्यो,’ निर्माता, निर्देशक एवं अभिनेतासमेत रहेका खड्काले भने, ‘त्यो बेला फिल्म बासी भएर नचल्न सक्ने अवस्था समेत थियो ।’

त्यसपछिको समयमा ‘क्यू सिस्टम’सँगै वितरक र हलवालाले चाहेको फिल्मले प्राथमिकता पाउन थाल्यो ।

केही वर्षयता भने खुला प्रतिस्पर्धाको नीतिअनुसार फिल्म प्रदर्शनमा छ । चाहेको मितिमा फिल्म प्रदर्शनमा ल्याउन सक्ने भए पनि आशा गरिएका फिल्मलाई बढी प्राथमिकता दिने गरिएको छ । 

फिल्मले बनाएको हाइपअनुसार हलले शो बाँडफाँड गर्ने गरेका छन् । अहिले कतिपयले फिल्म निर्माणसँगै प्रदर्शन मिति समेत सँगसँगै घोषणा गर्ने गरेका छन् । 

निर्माता/निर्देशकको आ–आफ्नै तर्क

‘बुलाकी’ले यसअघि फागुन १९ गते प्रदर्शन मिति घोषणा गरेको थियो । 

यद्यपि, उक्त मितिमा दुई ठूला भनिएका फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ वैशाख १ गतेका लागि सरेको हो । 

यस फिल्मका निर्देशक लक्ष्मण सुनार आफूहरूले यसअघि पनि ३ पटक प्रदर्शन मिति परिवर्तन गरिसकेको हुनाले अब वैशाख १ मै प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको बताए । 

‘कतिपटक प्रदर्शन मिति सार्नु ? जतिपटक सर्‍यो त्यति पैसा खर्च भइरहेको हुन्छ,’ उनले भने, ‘अब बाध्य भएर पनि सोही मितिमै आउने निर्णयमा पुग्यौं ।’

उनी नयाँ वर्षमा फिल्म चल्नेमा आफू ढुक्क रहे पनि चारवटा फिल्म एकैदिन प्रदर्शनमा आउँदा असर सबैलाई हुने स्वीकार्छन् । 

‘घाटा त स्वाभाविक हुन्छ, शो बाँडिन्छ,’ सुनारले भने, ‘नयाँ वर्षमा अधिकांश हलहरू प्याक हुन्छ । दुई दिन राम्रोसँग चल्नेमा ढुक्क छु । त्यसपछि भने जसको फिल्म राम्रो छ, त्यो मात्र चल्छ ।’ 

‘बिहे पास’ फिल्मका प्रस्तुतकर्ता एवं वितरक रोहित कट्टेल आफूले नयाँ वर्ष खाली देखेर प्रदर्शन मिति घोषणा गर्दै तयारी अगाडि बढाएको दाबी गरे । ‘नयाँ वर्षमा एउटा/दुईवटा फिल्म ठिकै होला भनेर घोषणा गर्‍यौं । अहिले आएर सबैलाई त्यही मिति चाहियो’, कट्टेलले भने । 

उनले आफूले प्रचारप्रसारमा लाखौं खर्च गरिसकेकाले अब प्रदर्शन मिति सार्न सक्ने अवस्थामा नरहेको बताए । 

बायाँबाट विकास, लक्ष्मण र रोहित

एकै मितिमा चारवटा फिल्म नेपाली बजारले थेग्न नसक्ने उनको धारणा छ । ‘हाम्रो सानो बजार छ’, उनी भन्छन्, ‘एकै दिन चारवटा फिल्म आउनु सबैलाई गाह्रो कुरा हो । यसले सबैलाई असर पर्छ ।’ 

‘नाईं नभन्नू ल ६’का निर्देशक विकासराज आचार्यले वैशाख १ गतेलाई प्रदर्शन मितिका रूपमा सबैभन्दा पहिले आफूहरूले घोषणा गरेको दाबी गरे । 

‘हामीले ६/७ महिना अगाडिदेखि नै उक्त मिति घोषणा गरेका हौं,’ उनले भने, ‘पछि साथीहरू आउनुभयो । हामीले पहिल्यै घोषणा गरिसकेकाले पनि ब्याक हुने कुरा भएन ।’ 

निर्देशक आचार्यले पनि चार फिल्म एकसाथ जुध्दा असर सबैलाई हुने बताए । आफ्नो एक खालको दर्शक भएकाले ‘नाइँ नभन्नू ल ६’ चल्नेमा ढुक्क रहेको आचार्य बताउँछन् ।

राम्रो मिति भनेर प्रदर्शनमा ल्याइएका फिल्म चल्छन् नै भन्ने ग्यारेन्टी नहुने निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् । 

‘फिल्म चल्न रिलिज मिति मात्र राम्रो भएर हुँदैन, फिल्म पनि राम्रो हुनुपर्छ । राम्रो फिल्म अन्य मितिमा प्रदर्शनमा आउँदा पनि राम्रो चल्ने गरेका थुप्रै उदाहरण छन्,’ उनले भने, ‘फिल्म नराम्रो भए राम्रो मितिमा पनि चल्दैन । राम्रो फिल्मलाई रिलिज मितिले व्यवसायका लागि प्लस मात्र गर्ने हो ।’ 

यसवर्ष पनि चाडबाड र बिदा नभएको समयमा प्रदर्शनमा आएका केही फिल्महरूले राम्रो व्यापार गरेका छन्, जसको उदाहरणका रूपमा जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’, कात्तिकमा प्रदर्शन भएको ‘महापुरुष’, फागुनमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’ ईत्यादिलाई लिन सकिन्छ । 

ब्रान्ड नेमदेखि स्टारको फिल्म

फागुन १९ यता नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । अब, आउँदो शुक्रवार ‘प्रेमा’ नामक नेपाली फिल्म प्रदर्शनमा आउँदैछ । त्यसको सात दिनपछि चैत २४ मा ‘प्रसाद २’ र ‘वहाब’ गरी दुईवटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । त्यसपछि नयाँ वर्षको अवसर पारेर चारवटा फिल्म एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका हुन् । यसअघिका सबै शृंखला हिट भएकाले ‘नाइँ नभन्नू ल ६’ प्रतीक्षित मानिएको छ । विकासराज आचार्य निर्देशित यो फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल, अथर्व उप्रेती, अनुभव रेग्मी लगायतको अभिनय छ । 

उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित फिल्म हो । ‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्मित यो फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको अभिनय छ । कलाकार र निर्माण टीमका कारण यो फिल्म प्रतिक्षित मानिएको छ । 

दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित ‘बिहे पास’ पनि विभिन्न कारणले चर्चामा रहेको फिल्म हो । प्रवेश पौडेल निर्देशित यो फिल्ममा दयाहाङ र प्रकृतिका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राई लगायतको पनि अभिनय छ । 

वैशाख १ मा प्रदर्शनमा आउने तयारीमा रहेको अर्को फिल्म हो, ‘बुलाकी’ । लक्ष्मण सुनार निर्देशित अनि मौलिक कथामा निर्माण भएको यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कंडेल, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । यो फिल्मले पनि फस्टलूकबाटै एक किसिमको प्रशंसा कमाएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १३, २०८०

निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रवार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए । &lsquo...

बैशाख १८, २०८०

नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार ...

जेठ १, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उ...

बैशाख १३, २०८०

केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन । ...

बैशाख १४, २०८०

लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘...

बैशाख १५, २०८०

बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरेको मुद्दामा अभिनेता सुरज पंचोलीले सीबीआई अदालतबाट शुक्रवार सफाइ पाएका छन् ।  आत्महत्या दुरुत्साहनको मुद्दामा सुरजविरुद्ध प्रमाण फेला नपरेको भन्दै अदालतले सफाइ दिए...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x