×

Nic Asia
Prabhu Bank

उत्साहविनै बित्दै गरेको १०० दिन

सिंहदरबारमा प्रचण्डको निराशाजनक ‘हनीमून पिरियड’ !

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा प्रधानमन्त्रीको तेस्रो कार्यकाल शुरू गरेको आगामी साता (चैत २१ गते) सय दिन पुग्दैछ । संसदीय व्यवस्था अपनाएका मुलुकमा सरकारको पहिलो सय दिनलाई ‘हनीमून पिरियड’को रूपमा लिने गरिन्छ । 

yONNEX
Frooti
Appy

यो अवधिमा प्रतिपक्षले समेत सरकारको आलोचना नगर्ने प्रचलन छ । सिद्धान्ततः माओवादीले संसदीय व्यवस्थालाई स्वीकार गरेको छैन । व्यावहारिक रूपमा भने संवत् ०५० को दशकको राप्रपाले जस्तै चरित्र देखाएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

माओवादीको विरोधाभाष यहीँनेर छ, संसदीय व्यवस्था मान्दिनँ भन्छ, तर तेस्रो दल बन्दा पनि प्रधानमन्त्री ताक्छ । माओवादीको संसदवादको सिद्धान्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘रक्सी खानेहरू एमाले हुँदैनन्’ भनेजस्तै भएको छ । न एमाले नेता रक्सी खाँदैनन् भनेर पत्याउन सकिन्छ, न माओवादी अब संसदवादी रहेन भनेर पत्याउन सकिन्छ । नेपालको राजनीतिमा आदर्श र सिद्धान्तका कुरा कागजमा सीमित बनिसकेका छन् ।


Advertisment
Lokantar App
Saurya island

सय दिनसम्म सरकारलाई आलोचना नगर्ने परम्परा हो, राजनीति शास्त्रको सिद्धान्त होइन । 

JYOTI
Vianet communication

सरकारको नेतृत्वमा आएको व्यक्तिले कम्तीमा सय दिन जनतालाई निराश बनाउँदैन भन्ने विश्वासमा आलोचना नगरिने परम्परा हो । प्रचण्ड सरकारले व्यवहारतः त्यो मान्यतालाई भत्काइदिएको छ । 

प्रधानमन्त्री प्रचण्ड घोडेजात्राको दिन पाटनमा दौडाउने एक्लो घोडा जस्तै बनेका छन्, सरकारको एक्लो सारथि । झण्डा हल्लाउनका लागि सरकारसँग केही जागिरे मन्त्री छन्, न उनीहरूले जनताको काम गरेका छन्, न सरकारको प्रतिरक्षा नै ।

प्रधानमन्त्री बनेको सय दिनमा प्रचण्डले कुनै त्यस्तो निर्णय गरेनन्, जसलाई नेपाली जनताले पछिसम्म सम्झिरहून् । एउटा निर्णय गरे, त्यो विवादमा पर्‍यो, माओवादी जनयुद्धमा मारिएकाहरूको नाम शहीदका रूपमा राजपत्रमा प्रकाशित गर्ने । आमरूपमा सर्वस्वीकार्य नभएपनि त्यो निर्णयले देशमा परिवर्तनका लागि ज्यान आहुती दिएका सोझासिधा नागरिकप्रति भने न्याय भएको नै मान्नुपर्छ ।

भूतले खाजा खाने समयमा सिंहदरबार यात्रा

नेकपा एमालेले बोकेर प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सहयात्रा शुरू गरेका प्रचण्डमा शुरूआती दिनहरूमा जोश जाँगर देखिन्थ्यो । आफैंलाई चितवनबाट विस्थापित गराएर गोरखा पुर्‍याएका रवि लामिछानेदेखि भ्रष्टाचारको विरोध गरेर हैसियत बनाएका राजेन्द्र लिङ्देनसम्मलाई प्रचण्डले सरकारमा समेटेका थिए ।

सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही प्रशिक्षित केही उच्छृङ्खल युवाले नाराबाजी गरे । ‘हत्यारा र जनतामारा’को आरोपसहित प्रचण्डका अगाडि नारा लगाइयो । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका युवाको मुख थुनेको दृश्यले सरकारको आलोचना बढायो ।

पुस ११ गते शपथपछि बसेको मन्त्रिपरिषद् बैठकले जनतालाई प्रत्यक्ष राहत दिने खालका निर्णय गरेको थियो– सरकारी सेवा प्रवाहको लाइन हटाउने । छोटो समयमा घर फर्केका केही मन्त्रीहरूले स्टन्ट गरे । तर, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन जस्ताकोतस्तै छ, खासगरी सरकारी अस्पतालमा त्यस्तो लाइन देख्न सकिन्छ । स्वास्थ्यका लागि जनताले कुन हदसम्मको कष्ट व्यहोरिरहेका छन्, यसप्रति स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले अन्देखा गरिरहेका छन् ।

मिडिया र विश्लेषकहरू सरकारको आलोचना गर्छन् भन्ने सत्तामा बस्नेहरूको सनातनी बुझाइ छ । सरकारप्रति जनताको धारणा के छ भनेर बुझ्न प्रधानमन्त्रीले एकजना कारिन्दालाई सरकारी अस्पतालको लाइन या सार्वजनिक यातायातमा पठाए पुग्छ । 

‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्रले प्रधामनन्त्री–मन्त्रीका निर्देशन सुनेर उडाउने गरेका छन् । स्थायी सरकारले राजनीतिक सरकारलाई सघाएको हुन्थ्यो भने सरकारी सेवा प्रवाहमा लामा लाइन देखिने थिएनन् । आफ्ना व्यक्तिगत स्वार्थको काम छाडेर जनताको काम गर्न कोही राष्ट्रसेवक तयार छैनन् । 

नेपाल सरकारका उच्चतहका एक कर्मचारीले पंक्तिकारसँग हालै भनेका थिए, ‘कर्मचारीले काम गरेका छन्/छैनन् भनेर न कोही मन्त्रीले सोध्छन्, न कहीँ कतै मूल्यांकन हुन्छ । सचिवको निर्देशन खरदारले टेर्दैन, बरु सरुवाको धम्की दिन्छ । यस्तो अराजकतामा जनताले कसरी सेवा पाउँछन् ?’

महंगी, अभाव र गरिबीका कारण सर्वसाधारण निसास्सिएका छन् । जनताको दैनिक जनजीविकाको मुद्दा सरकारको प्राथमिकतामा छैन । धन्न संसद्मा नेमकिपाका प्रेम सुवाल छन् र उनले बोलिरहेका छन् ।  

अनिष्टका संकेत !

सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही प्रशिक्षित केही उच्छृङ्खल युवाले नाराबाजी गरे । ‘हत्यारा र जनतामारा’को आरोपसहित प्रचण्डका अगाडि नारा लगाइयो । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका युवाको मुख थुनेको दृश्यले सरकारको आलोचना बढायो । एमाले उपमहासचिव विष्णु रिमालले ‘देउवाले कम्युनिस्ट शासनमा रुन पाइँदैन भनेकोमा उहाँकै समर्थन रहेको सरकारले मान्छेको मुखै थुन्न लाग्यो’ भन्दै कटाक्ष गरेका छन् । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुनु अनिष्टको संकेत हो । 

थाहा नपाएझैँ गरेपनि चतुर राजनीतिक खेलाडी प्रचण्डलाई थाहा छ, सरकारको कार्यशैलीबाट जनता पटक्कै सन्तुष्ट छैनन् । जनताको असन्तुष्टिलाई आधार बनाएरै दशक लामो सशस्त्र संघर्ष गरेका प्रचण्डले झण्डै त्यस्तै स्तरको कुशासनबाट जनता सन्तुष्ट छन्, भनेर भाषण गरे पनि उनको आत्माले त्यो सही भनेर नभन्नुपर्ने हो । 

प्रचण्ड सरकारले मधुमासको तयारी गरिरहेको समयमा तराईका मिटरब्याजीपीडितहरू काठमाडौं आएर धर्नामा बसेका छन् । खुलामञ्चको गेटबाहिर बगिरहेका गरीबका आँसुले सरकार र राजनीतिक दलका नेताको चरित्र उजागर गरिदिएको छ । 

अर्कातिर ऋण उठाउन गाउँमा गएका बैंक तथा वित्तीय संस्थाका कर्मचारी कुटिन थालेका छन् । देशमा शान्ति सुरक्षा र अमनचयन नहुनुको यो अर्को उदाहरण हो । दुर्गा प्रसाईं (जसको घरमा मार्सीको भात र मालीगाईको घ्यु खान प्रचण्ड जाने गर्दथे)ले बैंकको ऋण नतिर्ने अभियान चलाएर राज्यलाई चुनौती दिएका छन् । विगतमा आफैंले प्रबर्द्धन गरेका बाइ-प्रडक्टहरू प्रचण्डका लागि टाउको दुखाइको विषय बनेको छ । 

तरबारको धारमा अनिश्चितताको यात्रा 

फागुन २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएर फर्किँदै गर्दा प्रधानमन्त्री प्रचण्डले वैशाखको पहिलो साता भारतको भ्रमण गर्ने बताएका थिए । चैतको आधाआधीसम्म पनि औपचारिक निम्तो आएको छैन । भारतबाट विदेश भ्रमण गर्ने भनेर बोआओ सम्मेलनमा नगएका प्रचण्डलाई अहिलेसम्म दिल्लीबाट निमन्त्रणा आएको छैन । 

यता, प्रतिपक्षी भूमिकामा रहेका एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा र प्रचण्ड सरकारमा आएपछि देशको भूगोल खुम्चिएको गम्भीर आरोप लगाएका छन् । ‘मैले प्रधानमन्त्रीबाट छाड्दा जत्रो देश थियो, प्रचण्ड शेरबहादुरले अलिकति खुम्च्याए । उनीहरूले आफ्नो भू–भाग नदेखेझैं गरे,’ ओलीले भने, ‘हो र ! मैले त देखिनँ । कस्तो दलाली, कस्तो चाकडी ? देश मिचिएको रक्षा गर्ने कर्तव्य सरकारमा बस्नेको हो ? मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर, टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर ! केपी ओलीले पाल्पामा पुगेर भूगोलको कुरा गर्‍यो, त्यसलाई आउन दिन हुन्न भन्छन्,’ मंगलवार ओलीले पाल्पामा भनेका थिए । 

संसद्मा प्रचण्ड

प्रचण्ड यस्तो अप्ठ्यारोमा छन्, न उनले भारत भ्रमणमा जाँदा अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग कुरा राख्न सक्छन्, न यो विषय उठाउँदिनँ भनेर भन्न सक्छन् । गत साउनमा भएको भ्रमणका बेला सीमाको विषय उठाएबापत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट स्थगित भएको थियो । अतिक्रमित भूमि फिर्ताको विषय ओलीले कोट्याइरहने छन्, जसको जवाफबाट प्रचण्ड भाग्न पाउने छैनन् । 

काठमाडौंका मेयर बालेन शाहले सरकारको अस्थिरताको कुरा उठाएपछि बुधवार प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने आधारहीन दावी गरे ।

राजनीतिक दाउपेचका कारण ५ महिनामै चिप्लिन पनि सक्छन्, या पाँचै वर्ष चलाउलान् । सरकारको सय दिनको लक्षण हेर्दा शेरबहादुर देउवा र माधव नेपालले पाँचै वर्षको तमसुक गरिदिए पनि प्रचण्ड स्वयंले बीचमै भारी बिसाउने छन् । थाहा नपाएझैँ गरेपनि चतुर राजनीतिक खेलाडी प्रचण्डलाई थाहा छ, सरकारको कार्यशैलीबाट जनता पटक्कै सन्तुष्ट छैनन् । जनताको असन्तुष्टिलाई आधार बनाएरै दशक लामो सशस्त्र संघर्ष गरेका प्रचण्डले झण्डै त्यस्तै स्तरको कुशासनबाट जनता सन्तुष्ट छन्, भनेर भाषण गरे पनि उनको आत्माले त्यो सही भनेर नभन्नुपर्ने हो । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् ।  संसद्लाई जानकारी ...

जेठ १७, २०८०

दिनहुँजसो दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा निस्किन्छन्, भाषण गर्छन्, यो वर्षौंदेखिको नियमित कर्म हो ।  तुइन विस्थापित नहुँदा विद्यालय हिँडेका बालबालिका नदीमा खस्ने देशका नेताहरू लाखौंको हेलिकप्टर चा...

जेठ ११, २०८०

झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...

जेठ १६, २०८०

चौतर्फी आलोचनाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई ब्युँताएर प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ५ करोड बजेट छुट्याए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाक...

जेठ १०, २०८०

युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ ।  गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...

जेठ १२, २०८०

रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् ।  त्यसो त विगत केही महि...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x