×

Nic Asia
Prabhu Bank

आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक बनेको दीपाश्रीको विश्वास

चैत १९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

आउँदो शुक्रवार अर्थात् चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् । 

yONNEX
Frooti
Appy

शो छायांकनपश्चात​ सञ्चारकर्मी तथा पत्रकारसँग कुरा गर्दै शोका होस्ट तथा निर्देशक विशाल भण्डारी र कलाकार दीपाश्री निरौलाले फिल्म ‘बहाव’ हेरिदिन आग्रह गरे ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

दुवैले फिल्मको ट्रेलरमा देखिएको सुरक्षाको विद्रोही स्वभावको खुलेर प्रशंसा गरे । 


Advertisment
Lokantar App
Saurya island

‘ट्रेलरमा सुरक्षालाई एउटा विद्रोही केटीको भूमिकामा देखाइएको छ । उसले प्रत्येक फिल्ममा आफूलाई परिवर्तन ल्याइरहेको छ । यो उसका लागि प्लस प्वाइन्ट हो’, दीपाश्रीले भनिन्, ‘किनभने सुरक्षा जे हो, त्यो भन्दा फिल्ममा फरक देखिनु पनि आफैंमा सकारात्मक कुरा हो ।’ 

JYOTI
Vianet communication

उनले आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक रहेको अपेक्षा गरिन् । ‘निर्माता श्रीधरजी नेपाली फिल्ममा फरक कथा दिन चाहनुहुन्छ । योभन्दा अघिका उहाँका फिल्मले पनि त्यो प्रमाणित गरिसकेको छ’, दीपाश्रीले भनिन्,‘मलाई लाग्छ बहाव पनि नेपाली फिल्ममा केही परिवर्तन ल्याउनकै लागि बनाइएको हो ।’ उनले फिल्मको ट्रेलरसँगै सुरक्षाको कामले पनि मोहित बनाएको बताइन् । 

शोका निर्देशक तथा होस्ट भण्डारीले निर्माता श्रीधरले पहिलेदेखि नै फरक कथामा फिल्म बनाउने प्रयास गरिरहँदा ‘गोपी’ पछि ‘बहाव’ अर्को प्रयास भएको बताए । ‘कति प्रयास सफल त कति असफल हुन्छन् । सबैभन्दा ठूलो कुरा यात्राको निरन्तरता हो । बहावदेखि श्रीधरले सफलताको खुड्किलो टेकोस् भन्ने शुभकामना दिन चाहन्छु’, विशालले भने, ‘ट्रेलर शक्तिशाली छ । प्रस्तुतिका हिसाबले पनि एकदमै राम्रो देखिएको छ ।’

उनले नेपालमा महिलालाई विद्रोही पात्रको रुपमा प्रस्तुत गरिएका फिल्महरू बिक्ने गरेको उदाहरण दिँदै यो क्रम वर्तमानदेखि भविष्यसम्म जारी रहने बताए । ‘फिल्ममा प्रस्तुतीकरण महत्वपूर्ण कुरा हो । यो फिल्ममा सुरक्षाले नै अभिनय गरिसकेपछि उनको अभिनयबारे धेरै बोलिरहन आवश्यक ठान्दिन । किनकी उसले हरेक फिल्ममा आफूलाई फरक सुरक्षाका रुपमा प्रस्तुत गरिरहेको छ’, उनले भने ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।  गायिका मेलिना राईको स्वर रह...

जेठ १७, २०८०

गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...

जेठ १६, २०८०

सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...

जेठ १६, २०८०

आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् ।  नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रला...

जेठ १९, २०८०

ब्युटी पेजेन्ट ‘मिस मगर इन्टरनेशनल’ पहिलो सिजनको फिनाले यही जेठ २७ गते काठमाडौंको प्रज्ञा भवनमा हुँदैछ । उत्कृष्ट १२ प्रतिस्पर्धीबीच फिनालेमा  प्रतिस्पर्धा हुँदैछ ।  यो प्रतियोगिताका विज...

जेठ १७, २०८०

सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ ।  ...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x