×

Nic Asia
Dabur
Prabhu Bank

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत थप पाँच वटा सेवा लिन सकिने

जेठ ९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

एनआईसी एशिया बैंकले भिडियो कलमार्फत थप पाँच वटा सेवा लिन सकिने व्यवस्था गरेको छ ।

yONNEX
Frooti
Appy

बैंकले भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने व्यवस्था गरेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रहेर सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरूको लागि नयाँ सुविधा ल्याएको हो । भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै शुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवासमेत प्रणालीमा जोडिएको जनाएको छ ।


Advertisment
Lokantar App
Saurya island

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेवसाइटमा गएर चाहेको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सकिने छ ।

JYOTI
Vianet communication

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।

यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न सकिने छ ।

हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका ग्राहकले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकको विश्वास छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । 

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सोमवार वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।  सभामा अध्यक्ष सिंहले कोभिड पश्चात विस्तारै लयम...

जेठ २३, २०८०

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...

जेठ २४, २०८०

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो...

जेठ २३, २०८०

नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ। बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी स...

जेठ २३, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा...

जेठ २३, २०८०

सामसङले काठमाडौंको मध्यबानेश्वरमा २१औं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x