जेठ २४, २०८०
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...
सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३००कोे शोरुम स्थापना गरिएको छ ।
अग्नि ग्रुपले भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले एसयूभी एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’ र एक्सयूभी ३०० को बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हो । क्षेत्रीय स्तरमा पहिलो आधिकारिक शोरूम स्थापना गरिएको महिन्द्राले जनाएको छ । एक्सयूभी ७०० र एक्सयूभी ३०० उपभोक्ताका लागि उपयुक्त रहेकाले विगतको तुलना अझै बढी सन्तुष्टि दिने महिन्द्राको अपेक्षा छ ।
नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
शोरुमको नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा कम्पनी केन्द्रित रहेको बताए ।
महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्ट पाइएको उनको भनाइ थियो । ‘हामी एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं’, उनले भने ‘हामी विश्वस्त छौं कि एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ र यसले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्च स्तरको प्रदर्शनको संयोजन गर्ने कुरामा हामी विश्वस्त छौं ।’
उद्घाटन कार्यक्रममा इटहरीका लागि अग्नि ग्रुपका बिक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा, किफायती र गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने बताए ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सोमवार वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । सभामा अध्यक्ष सिंहले कोभिड पश्चात विस्तारै लयम...
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । बीमा क्षेत्रमा पहिलोपटक कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रति कित्ता ...
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...