जेठ २२, २०८०
पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा महादेवपट्टीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद रू...
जेठ ११, २०८०
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले ८ महिनाको अवधिमा मात्रै आफ्ना विभिन्न बैंक खाताहरूमा ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ ।
प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव पाण्डेलाई बुझाएको १ करोड २४ लाख ५० हजार नगदमध्ये पाण्डेले ८ महिनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेको पाइएको हो ।
पाण्डेले २०७८ मंसिर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म ८ महिनाको अवधिमा आफ्नो सञ्चय कोष, नागरिक लगानी कोष र हिमालयन बैंकको खातामा ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको पाइएको हो ।
पाण्डेले आफ्नो व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मराज शाहीमार्फत आफ्ना ती खातामा रकम जम्मा गराएको बैंक भौचर सहितका कागजात प्रहरीले प्रमाणका रूपमा पेश गरेको छ ।
२०७८ मंसिर २२ गते एभरेष्ट बैंकमा २ लाख नगद, सन् २०२१ डिसेम्बर ९ तारेखमा हिमालय बैंक लिमिटेडमा ९ लाख ४० हजार ६४२ रुपैयाँ नगद जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ फागुन ११ गते पाण्डेले एभरेष्ट बैंकमा २१ लाख ५० हजार नगद, २०७८ फागुन २३ गते एभरेष्ट बैंकमा ५७ हजार ४५३ रुपैयाँ, २०७८ फागुन २६ गते हिमालय बैंक लिमिटेडमा १२ लाख ३ हजार ८३२ रुपैयाँ नगद जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ मंसिर १५ गते एभरेष्ट बैंकमा पीएसओको नाममा काटिएको चेकमार्फत ४ लाख रुपैयाँ, २०७९ जेठ २३ गते एभरेष्ट बैंकमा १५ लाख नगद, सन २०२१ चैत ५ गते एभरेष्ट बैंकमा चेकमार्फत ४ लाख २७ हजार १७० रुपैयाँ जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ मंसिर २ गते ४५ हजार नगद एकपटक र सोही दिन ४ लाख ५५ हजार नगद अर्कोपटक अनि सन् २०२२ जुलाई ११ तारिखमा एभरेष्ट बैंकमा १० हजार नगद जम्मा गरेका थिए ।
पाण्डेले जम्मा गराएको रकम विवरण:
पाण्डेले आफ्ना पीएसओको नाममा चेक काटेर तथा नगद नै पठाएर विभिन्न बैंक खातामा जम्मा गर्न लगाएको भौचरसहितको प्रमाण नै अभियोगपत्रमा पेश गरिएको छ ।
पाण्डेले पक्राउ पर्नुअघि आफ्नो निजी मोबाइलमा भएका विवरणहरू मेटाउने उद्देश्यले फर्म्याट गरेका थिए । पक्राउ परेपछि प्रहरी हिरासतबाट नै पाण्डेले प्रधानमन्त्री समेतलाई भनेर अन्य प्रतिवादीहरूको इन्कारी बयान गर्न लगाउनू भन्ने लिखित सूचनाहरू पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पठाएका थिए ।
पाण्डे गृह मन्त्रालयमा सचिव नियुक्त भएलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मराज शाहीलाई प्रहरी प्रधान कार्यालयले पीएसओको रूपमा खटाएको थियो ।
शाही र पाण्डेबीच सोही अवधिमा निकटको सम्बन्ध बनेको थियो ।
'पाण्डेले मलाई विभिन्न मितिमा निजको कार्यकक्षमा बोलाई आफू व्यस्त भएकाले मेरो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी आउनू भनी पठाउने गर्नुभएकाले गृहसचिवको आदेशबमोजिम निजले भने अनुसार निजको विभिन्न बैंक खाताहरूमा विभिन्न मितिमा मेरो नामबाट सम्बन्धित बैंकहरूमा गई रकम जम्मा गरेको भौचर निजलाई भेटी दिने गरेको थिएँ,' शाहीले गरेको बयानमा उल्लेख छ ।
त्यसबाहेक पाण्डेले अर्को पीएसओका रूपमा केही समय काम गरेका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तमार्फत पनि १ पटक रकम जम्मा गर्न लगाएको बयान दिएका छन् ।
'मलाई निज पाण्डेले १ पटक रकम जम्मा गर्न लगाएका थिए । लामो समय भएकाले रकम, मिति र बैंकको नाम याद भएन,' पन्तले गरेको बयानमा उल्लेख छ ।
त्यसैगरी पाण्डेले आफ्ना निजी सवारी चालक शहदेव नेत्रविक्रम कैतीमार्फत समेत विभिन्न समयमा सञ्चयकोषको ऋण सापटीबापतको रकम जम्मा गर्न नगद दिई पठाएको बयान गरेका छन् ।
पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा महादेवपट्टीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद रू...
सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...
प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ...
तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरप...
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पती विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला ...
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफल डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का ३५ वर्षीय कृष्ण तामाङ छन् । ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...