जेठ २४, २०८०
स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...
विराटनगरबाट २० तोला सुन र ३६ किलो चाँदीका गरगहना चोर्ने ३ जना पक्राउ परेका छन् ।
विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरोपीहरू गरगहना चारेपछि विराटनगर–७ हाटखोलास्थित दिव्य रत्ना होटलमा बास बसेका थिए ।
पक्राउ परेकाहरू पेशेवर चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरूले जेठ ३ गते राति ९ः४५ बजे विराटनगर–३ पिपलचोकस्थित जय किशोर चौधरीको घरबाट २० तोला सुन, ३६ किलो चाँदी चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेको १ हप्तापछि चाँदी बिक्री गर्न भारत लैजाने क्रममा प्रहरीले उनीहरूलाई विराटनगर–१२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट ३६ किलो चाँदी, ८ ग्राम सुन, २ हजार ५०० भारु, १ हजार ७३० नेपाली रुपैयाँ बरामद गरेको छ ।
चोरी गरेको २० तोला सुन भारतको जोगवनीमा बिक्री गरेको पक्राउ परेका प्रतिवादीहरूले बयानको क्रममा प्रहरीलाई बताएका छन् । उनीहरूले भारतको जोगवनीमा ७ लाखमा सुन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए ।
बरामद गरेको चाँदी, सुन र पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गरगहना चोरेपछि उनीहरू होटलमा ३ दिन बसेका प्रहरीले जनाएको छ । उनीहरू पटक–पटक चोरीका घटनामा संलग्न भएको समेत प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । विवेक २०७९ साउन २२ गतेदेखि ९ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए । श्रीकान्त दास डाँकाचोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए ।
कैद भुक्तान गरेर कारागारबाट छुटेपछि उनीहरू पुरानै धन्दामा लागेको पाइएको छ ।
स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...
प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ...
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफल डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का ३५ वर्षीय कृष्ण तामाङ छन् । ...
सरकारले पछिल्लो समय भन्सार राजस्व चुहावट कम गर्नका लागि भन्दै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) २२ स्थानमा थपेको छ । झापाको डाँगाबारी र आल्तामारी, सुनसरीको हर्बोनी, मोरङगको तारिगामा र मधुमल्ला, सप्तरीक...
सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पती विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...