जेठ १८, २०८०
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले नै निर्माण गर्ने भएको छ । निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण पनि गरिरहेको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।&...
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए/नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएबारे बुझ्न अनुगमन गर्ने भएको छ ।
त्यसका लागि वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर अघि बढ्नका लागि कामपा राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ । अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन पनि अनुरोध गरिएको कामपा राजस्व विभाग प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारी परिचालन हुने अनुगमनका लागि यही जेठ १ गते बसेको कार्यपालिका बैठकको निर्णय गरेको थियो । तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ ।
यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपिसमेत लिइनेछ । यसरी भरिएका विवरण फारामहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ । वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसबापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ ।
अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ । कामपा क्षेत्रभित्र भएका बहाल कर तिर्नुपर्ने करदातालाई अनुरोध गर्दै राजस्व विभागले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकमका क्षेत्रमा लाग्ने बहाल कर स्थानीय तहको मात्र अधिकारमा रहेको भन्दै सोहीअनुसार बुझाउन आग्रह गरिएको छ ।
राज्यको मूल कानुन संविधान, सङ्घीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) मा स्थानीय तहले बहाल कर लिने विषयमा कतै व्यक्ति तथा संस्था भनी छुट्याएको छैन । नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, कामपाको राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका २०७९ बमोजिम उल्लेख गरिएको प्रमुख काफ्लेले बताए ।
संस्थागत बहाल कर नेपाल सरकारका निकायले सङ्कलन गरिरहेको सन्दर्भ उल्लेख गर्दै, ‘नेपालको संविधान २०७२ को धारा, ५७ (४) र अनुसूची ८ मा घरबहाल कर सङ्कलन गर्ने व्यवस्था स्थानीय तहको एकल अधिकारमा रहेको काफ्लेले स्पष्ट पारे ।
संविधानको धारा, ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र उठाउन सक्ने व्यवस्था छ ।
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले नै निर्माण गर्ने भएको छ । निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण पनि गरिरहेको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।&...
एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् । ...
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रु...
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेको छ । विगत एक महिनादेखि काठमाडौंका सडकमा गुड्न थालेको ‘एक्सप्रेस–टी’ वात...
औचित्य सकिएका २० वटा संस्था खारेज गर्ने सरकारको निर्णयले एउटै संस्थाका १० हजार कर्मचारीको रोजगारी गुम्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यबाट सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेक...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...