जेठ १८, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कप...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरीसहित २२ जनाको कैद माफी मिनाहा गर्ने प्रस्तावसहितको फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ । कैद माफी मिनाहाका लागि २२ वटा फाइल बुधवार प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘गृह मन्त्रालयमार्फत रेशम चौधरीसहितलाई माफी मिनाहाका लागि २२ वटा फाइल आइपुगेको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘राष्ट्रपतिले माफी गर्ने निर्णय गरेपछि मन्त्रिपरिषद्बाट निर्णय भएर सिफारिश आउँछ ।’
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको शुक्रबारदेखि अदालतमा बयान सुरू हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँणसहितका १६ जनाको बयान न्यायाधीशसमक्ष हुने भएको हो ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। जसमा १४ जना भने फरार छन् ।
प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् ।
बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले छानबिन भइरहेको बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ ।
बिहीबार रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।
००००
चीनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
००००
नेपाल भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमाथि सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीवार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले कोशी वा कर्णाली जलाशययुक्त आयोजना भारतलाई दिने सम्झौता गर्न सक्नेप्रति चनाखो रहन आग्रह गरेका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपरान्हमा आयोजित भोटो जात्रामा सरिक भइ भोटो जात्रा अवलोकन गरेका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दर्ता हुँदा इरिटेट भएको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक संजालमा मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भन्दै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् ।
उनले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य सुनिश्चित गरेको जिकिर गरेका छन् ।
००००
विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो ।
००००
यातायात व्यवसायी र विभिन्न मजदुर सङ्घ सङ्गठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न सङ्घ सङ्गठनले आज एक विज्ञप्ति जारी गरी बागमती प्रदेशले बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन् ।
००००
रुकुम पश्चिममा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान लु १ ज १७४७ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कप...
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री राय...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् । आफू काठमाडौंबाहिर जानुपर्ने भएको भन्दै उनले उपमेयर सुनितालाई कार्यबाहक प्रमुखको जिम्मवारी ...
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देश...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा 'इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम' (आईएलएस) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । विमानस्थलमा आईएलएस जडान भए पनि भारतले अनुमति नदिँदा खराब मौसममा उडान तथा अ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...