जेठ २४, २०८०
सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...
नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीवार छलफल भएको छ ।
भर्चुअल माध्यमबाट भएको छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताए । कार्यक्रममा इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलीले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमणमा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको बताए ।
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यताबाहक मुलुक भएका कारण २ देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको बताए ।
छलफलमा उनले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर संवाद र सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरेका छन् ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाबारे छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।
वेबिनारमा नेपाल र इजिप्टका २० भन्दा बढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।
इजिप्टमा आयोजना हुने नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा त्यहाँका नागरिकको उल्लेख्य सहभागिता हुने गरेको छ । गत हप्ता इजिप्टको एउटा विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा विश्वविद्यालयमा अध्ययनरत सयौं विद्यार्थीले नेपाली दूतावासको कक्षको अवलोकन गरी नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जानकारी लिँदै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विशेषगरी खुकुरी र सिङ्गिङ बाउलप्रति इजिप्टका धेरै युवा आकर्षित हुने गरेको पाइएको छ ।
खुकुरीको इतिहास एवम् प्रयोगबारे जानकारी लिने तथा सिङ्गिङ बाउलको अवलोकन र प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको पाइएको छ ।
३ वर्षदेखि कायरोमा शेफका रुपमा कार्यरत राजु चालिसे इजिप्टका नागरिकले नेपाली कला संस्कृतिप्रति देखाउने सद्भाव तथा उनीहरु नेपालको प्राकृतिक सम्पदाप्रति आकर्षित भएको देख्दा आफूलाई खुसी लाग्ने गरेको बताउँछन् । नेपालको भ्रमण गरेर फर्केका इजिप्टका नागरिकले नेपालका रमणीय प्राकृतिक छटाका साथै मौलिक नेपाली खानाबाट प्रभावित भएको अनुभव सुनाएका उनले बताए ।
सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...
बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौं परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । ३ वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ...
राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक मंगलबार नै बस्ने भनिएपनि विशेष कारणले बुधबारका लागि सारिएको हो । बैठकमा प्रधानमन्त्...
काठमाडौं महानगरपालिकाले ठूला अस्पतालमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन शुरू गरेको छ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा बुधवार ओम अस्पताल र हेल्पिङ हेण्ड्स अस्पतालको अनुगमन ग...
काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...
रसुवा मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको स...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...