असोज ८, २०८०
झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना...
जेठ १८, २०८०
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा 'इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम' (आईएलएस) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ ।
विमानस्थलमा आईएलएस जडान भए पनि भारतले अनुमति नदिँदा खराब मौसममा उडान तथा अवतरण गर्नै नसकिने अवस्था थियो । जसका कारण महिनौंसम्म अन्तराष्ट्रिय उडान नै ठप्प हुने गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएसका लागि भारतले अनुमति दिएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगै दिल्ली यात्रामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई क्षेत्रमा ठूलै प्रगति भएको दाबी लोकान्तरसँग गरे ।
'हामीले आईएलएस जडान गरे पनि भारतले अनुमति नदिँदा खराब मौसममा विमान अन्यत्र डाइभर्ट गर्नुपर्थ्यो,' अधिकारीले लोकान्तरसँग भने, 'अब आईएलएस अनुमति पाएपछि विमान उडान/अवतरण गर्न सहज हुने भयो ।'
प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा अतिरिक्त हवाई रुटबारे समेत कुराकानी भएको जानकारी गराए ।
'हामीले अतिरिक्त हवाई रुटका विषयमा पनि छलफल गरेका छौं । द्विपक्षीय हवाई उडानका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गर्छ,' प्रचण्डले भने ।
उनले दुई देशबीच द्विपक्षीय एटीआर जहाज उडान गर्न सम्भव रहेको पनि बताए ।
'हामीले महेन्द्रनगरबाट 'हाई अल्टिच्युड एयर इन्ट्री रूट'को स्वीकृतिका लागि पनि अनुरोध गरेका छौं,' प्रधानमन्त्री प्रचण्डले थपे, 'नयाँ बनेको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न शहरमा समेत उडान सञ्चालन गर्न चाहेका छौं,' प्रचण्डले भनेका थिए ।
प्राधिकरणका महानिर्देशक अधिकारी अब भैरहवा-दिल्ली, नेपालगञ्ज-दिल्लीजस्ता उडान सञ्चालन गर्न पनि सम्भव भएको बताउँछन् ।
झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ । राजधानी बेइजिङमा दुई नेताबीच सोमबार बिहान भे...
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाल...
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...
शान्ति सुरक्षामा चुनौती बढ्दै गएपछि विराटनगरमा सुरक्षासम्बन्धी बैठक बस्दै छ । कोशी प्रदेशको सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया गर्न सोमबार विराटनगरमा प्रदेश स्तरीय सुरक्षा संयन्त्रको बैठक बस्न लागेको हो । ब...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...