असोज ७, २०८०
पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गरेका छन् । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आज भक्तपुर पुगेका हुन् । गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आज भक्तप...
मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्न विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए ।
उनका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए।
देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ ।
सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताइन् ।
कैलाश–६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गरिन् । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उनको भनाइ छ । रासस
पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गरेका छन् । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आज भक्तपुर पुगेका हुन् । गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आज भक्तप...
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी भएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्र...
राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) जनकपुरधाम जाने भएका छन् । राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) राष्ट्रिय निजी ...
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको सम्पन्नतालाई भाषणमा विलय गरिएको बताएका छन् । नेपाल सरकार, जलस्रोत तथा ऊर्जा आयोगको सचिवालय काठमाडौँद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजि...
म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रूपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक ख...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानूनमन्त्रीको कुनै हात नरहेको बताएको छ । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रका...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...