असोज ७, २०८०
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...
काठमाडाैं | जेठ २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको स्पष्ट पारेका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताएका हुन् ।
उनले आफूले कुनै विकल्पको कुरा नगरेको समेत स्पष्ट पारेका छन् । 'प्रष्ट होस् । मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । कहीँ-कोही कम्फ्युजन नहोस्,' उनले भने, 'कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।'
प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान गर्ने बंगलादेश मोड आफ्नो नभएको बताए । बुद्धिजिवीले उठाएको विषयमा मात्रै आफूले बोलेको उनले बताए।
‘कालपानी, लिम्पियाधुरा र लिपुपेक नेपालको भूमि हो भन्नेमा प्रष्ट छु । यही आधारमा भूमिका खेलेको छु । सीधा देखिएको तर्कलाई घुमाउने तर्क नगरौं’ प्रधानमन्त्रीले भने, ‘नेपालका केही विज्ञ, बुद्धिजिवीहरूले गरेका अध्ययनका आधारमा उहाँलेहरूले भनेका कुरा यस्ता पनि छन् भनेको छु । नेपालको भूमि नेपालको हो भनेर स्थापित गरौं भनेको हुँ । तर यो बंगलादेश मोडल मेरो र मैंले भनेको कुरा होइन । प्रतिपक्षी दलका नेताको तर्फबाट कुरा उठ्यो । तपाईंहरूसँग नजिकका विज्ञले भनेका कुरा हुन् । मैंले विज्ञको कुरा भनेको छु ।’
सकारात्मक प्रयास गर्दा अतिरञ्जित नगर्न पनि उनले आग्रह गरेका छन् । ‘ममाथिको आरोप राष्टहितविपरीत छ । समस्यालाई स्थायी र दीगो समाधान गर्न विकल्प पनि छन् भन्ने कुरालाई अतिरञ्जित नगर्न र कन्फयुजन नबनाउन आग्रह गर्छु ,’ उनले भने ।
भारत भ्रमणका क्रममा उनले भारतले बंगलादेश जाने बाटो दिए कालापानी, लिपुलेक र कालापानीको विकल्प सोच्न सकिने अभिव्यक्त दिएका थिए । जसको एमालेसहित विपक्षी दलहरूले विरोध जनाइरहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस सम...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौत...
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाल...
झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...