×

Dabur
MG

सन्दर्भ : प्रचण्डको भारत भ्रमण

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

काठमाडाैं | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरिका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी पनि बेलामौकामा दाम्लो चुँडाएर जक्खरलाई भेट्न पुग्थिन् । 

yONNEX
Sagarmatha Cement

जक्खरसँग के थियो त्यस्तो राज ? वास्तवमा त्यस्तो राज त केही थिएन, तर ऊ गाउँको एक्लो राँगो थियो । गाउँमा एक्लो राँगो हुनुको फाइदा जक्खरले उठाएको थियो । यस्तो फाइदा मान्छेहरूले पनि उठाएका छन् भनेर बाजेहरूले हाँसो गर्दथे । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

मेरो बाल्यकाल भैँसी गोठालो लागेरै नै बित्यो । जंगलमा भैँसी ठोकुवा लगाइदियो अनि आफू दुबो उम्रिएको चौरमा बोरा ओछ्याएर मज्जाले रेडियो सुनेर सुत्यो । रात पर्न थालेपछि भैँसीहरू आफैं फर्किन्थे । म पनि भैँसीहरूसँगै फर्किन्थें, किनकि भैँसीहरू र मेरो घर एउटै थियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

यसै पनि हाम्रो गाउँ भैँसीपालनका लागि नामी गाउँ हो । एउटा घरमा १० वटासम्म दुहुना भैँसी हुन्थे । घाम लागेपछि तिनलाई मकै टिपिसकेको बारीमा ल्याइन्थ्यो । पाडापाडी घाममा खेल्थे । दूधको त पोखरी नै हुन्थ्यो । मोही पनि दहीजस्तो बाक्लो हुन्थ्यो । मकैको आँटोसँग मीठो हुन्थ्यो । मलखादनजिकै उम्रिएको रायोको सागमा पनि भैँसीको सुगन्ध हुन्थ्यो । 

Vianet communication
Laxmi Bank

भैँसीको दूध, कुराउनी बेचेर हाम्रो गाउँका धेरैले शहरमा घरजग्गा किने, छोराछोरीलाई पढाए । ती छोराछोरीको भैँसीप्रेम पनि अलग्गै हुन्थ्यो । घरको भैँसी अरू कसैलाई बेच्दा ती बालबच्चाहरू गोठनजिकै उभिएर धुरुधुरु रुन्थे । भैँसी मुसार्थे । भैँसी किनेर बाटो लाग्दा पनि तिनीहरू पछिपछि रुँदै जान्थे । त्यो बेला भैँसीसँग भावुक सम्बन्ध थियो मान्छेहरूको ।

तर, हिजोआज भैँसी पाल्नु भनेको मजाकजस्तो भएको छ । होटलमा अरूका जुठा भाँडा माझेको कुरा सहजै गर्छन् मान्छेहरू तर भैँसी पालेको कुरा भन्न मन गर्दैनन् । कतिले भैँसीपालकलाई अपमान गरेर गीत पनि गाएका छन् । जमाना फेरिएको छ । जमानासँगै मान्छेहरू फेरिएका छन् । तर, मानिसहरूले दूध पिउन छाडेका छैनन् । 

हामी त भैँसीसँगै हुर्किएको हो । भैँसीसँगै खेलेको हो । भैँसीसँगै बाल्यकाल गुजारेको हो । शायद हाम्रा जक्खरहरूको हालीमुहाली सकियो होला । तिनको खटनपटन गुणस्तर हुन सकेनन् होला । त्यही भएर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतबाट १५ वटा मुर्रा भैँसीको राँगो उपहार ल्याएका छन् ।

भोलिका दिनमा मुर्रा भैँसी नेपाल आउलान्, नआउलान्, तर प्रचण्ड आइसकेका छन् । एउटा धर्मसंकटको जालोभित्र रुमलिएर फर्किएका प्रचण्डको भारत भ्रमण भैँसीको चर्चासँगै सकिएको छ । यसो हुनुमा दोष कसको ? पक्कै पनि केपी ओली वा शेरबहादुर देउवाको हो, किनकि ५ वर्षअगाडि भारतसँग मुर्रा भैँसीको राँगो माग्ने उनीहरूमध्ये नै कोही थिए ।

भोलिका दिनमा मुर्रा भैँसी नेपाल आउलान्, नआउलान्, तर प्रचण्ड आइसकेका छन् । एउटा धर्मसंकटको जालोभित्र रुमलिएर फर्किएका प्रचण्डको भारत भ्रमण भैँसीको चर्चासँगै सकिएको छ । यसो हुनुमा दोष कसको ? पक्कै पनि केपी ओली वा शेरबहादुर देउवाको हो, किनकि ५ वर्षअगाडि भारतसँग मुर्रा भैँसीको राँगो माग्ने उनीहरूमध्ये नै कोही थिए ।

मुर्रा भैँसीको चर्चा चुलिएको बेला केही खुरापातीहरूले राजनीतिको डम्फु बजाएको देख्दा उदेक लाग्छ । भैँसीमा पनि राजनीति गर्नेहरूले मान्छेमा केसम्म गर्दैनन् होला ? बाले भैँसी बेचेर किनेको जग्गा बेचेर अमेरिका, अष्ट्रेलिया पुगेका ' 'भेडा''हरूले मुर्रा भैँसीको नाम लिएर खिस्सी गरिरहेको देख्छु । भूतपूर्व गोठालाका छोराछोरीहरूले आफ्नै बाउबाजेलाई खिस्सी गरिरहेको देख्छु । 

म अन्याय सहन्छु, अत्याचार पनि सहन्छु, तर भैँसीको अपमान सहन सक्दिनँ किनकि भैँसीको दूध बेचेर कापीकलम किन्ने धेरैलाई थाहा छ भैँसीको महत्त्व । भैँसीको घिउ बेचेर एकजोर लुगा किन्नेहरूलाई थाहा छ भैँसीको महत्त्व । र, मजस्तो पूर्व गोठालोलाई पनि थाहा छ भैँसीको महत्त्व । हो, अहिले समय फेरिएको छ । बजार फेरिएको छ । मान्छेका रुचिहरू फेरिएका छन् । तर, भैँसीको दूध उस्तै छ । त्यसको महत्त्व उस्तै छ ।

के भारतबाट वा अन्य देशबाट ब्रिडका लागि भैँसी ल्याउन नै नपाइने हो ? त्यसो भए भैँसी मात्र हैन अरूथोक पनि ल्याउन प्रतिबन्ध गरौं । काठमाडौंमा अहिले अनेक जातका कुकुरहरू छन् । जापानिज स्पिज, गोल्डेन रेटिभर, पग, जर्मन सेफर्ड, हस्की, ल्याब्रोडर, डाल्मेसियन, डोबरम्यान, ल्याब्रोडर रेटिभर, बक्सर, लासा एप्सो, ककर स्पायनिल, सेनबर्डनाक, अमेरिकन बुल्ली, पमरियन, बक्सर, फ्रेन्च बुलडगलगायतका कुकुर छन्, यिनीहरूलाई पनि रोकौं । 

जापानबाट कुकुर ल्याउँदा केही नहुने, जर्मनी र अमेरिकाबाट कुकुर ल्याउँदा केही नहुने र तर भारतबाट १५ वटा मुर्रा भैँसी (राँगो) ल्याउँदा केही 'भेडा'हरूलाई लाज लागिरहेको छ । कुकुर मात्र हो र ? मुसा पनि पाल्नका लागि विदेशबाटै ल्याइन्छ । घरपालुवा मुसाहरू मानक, रेस्क, टेललेस, हेयरलेस, साटिन, डम्बो र बिस्टल कोट विदेशबाटै ल्याइने हुन् । नेपालमा जोडीकै ३० हजार रुपैयाँसम्ममा यी मुसा भारत, थाइल्यान्ड र चीनबाट आयात गरिन्छ । अब मुसाहरू पनि रोकौं । 

जसरी नेपालमा नभएका कुकुरको प्रजाति ल्याइन्छ, ब्रिड समेत गरिन्छ, त्यसरी नै नेपालमा धेरै सम्भावना देखिएको मुर्रा भैँसी 'राँगोको' प्रजाति ब्रिडका लागि ल्याउन लागिएको हो । नेपालको दूध उत्पादन क्षमता बढाउन र भैँसीको नश्ल सुधार गर्नका लागि ब्रिड गर्नु अति आवश्यक छ । एक दिनमा ९ लिटरसम्म दूध दिने मुर्रा प्रजातिको भैँसी विश्वमा उन्नत किसिमको मानिन्छ ।

भारतको हरियाणामा रहेका रैथाने प्रजातिलाई अनुवंशिक विकास गरेर मुर्रा भैँसी बनाइएको हो । मुर्रा भैँसीको कारण भारतले दूध उत्पादनमा तीन गुणा वृद्धि गरेको छ । भारत दूधमा आत्मनिर्भर छ । संसारभरी भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको छ । २००९ सालतिर चीनका वैज्ञानिकहरू भारत आएर मुर्रा भैँसी लिएर गएका थिए । हालसालै ब्राजिल, कोलम्बियालगायतका देशमा पनि यो नश्ल लगिएको छ ।

यस्तो खालको भैँसी नेपालका किसानहरूका लागि पनि अति आवश्यक छ किनकि हामी दुग्धदन्य पदार्थमा आत्मनिर्भर छैनौं । बर्सेनि अर्बौं रुपैयाँ दुग्धजन्य पदार्थका लागि विदेशिन्छ । दूधमा समेत आत्मनिर्भर हुन नसक्दा हामीलाई लाज लाग्नुपर्ने हुन्छ । कृषिप्रधान देश भन्ने तर मुर्रा भैँसी नचिन्ने ? दूध हालेको चिया मीठो हुने तर दूध कताबाट आएको थाहा नहुने ? 

भारतबाट आखिर के आएको छैन ? मसला आएको छैन कि, चिनी आएको छैन कि, दाल आएको छैन कि, चामल आएको छैन कि, चम्पल आएको छैन कि, साडी आएको छैन कि, जुत्ता आएको छैन कि, कट्टु आएको छैन कि, चुरा आएको छैन कि अगरबत्ती आएको छैन कि, सियो आएको छैन कि, धागो आएको छैन कि, सबैथोक आएको छ । तर पनि 'भेडा चेतना'का मानिसहरूलाई यस्तो कुरा आएकोमा लाज लाग्दैन ।  'भेडा चेतना' अर्थात एउटाले भ्या गरेपछि सबैले भ्याभ्या गर्ने ।

भारतको पल्सर मोटर साइकलमा हुइँकिएको छ, तर त्यो मोटरसाइकल कताबाट आएको हो थाहा छैन । सुजुकी र स्कोर्पियोमा रन्किएको छ, तर त्यो कताबाट आएको हो थाहा छैन । यति मात्रै हैन कि उसले चढ्ने सामान्य साइकल पनि भारतबाट नै आएको छ, त्यसको अत्तोपत्तो छैन । तर भैँसी आएकोमा लाज मानिरहेको छ ।

भैँसी बेचेर, दूध घिउ बेचेर छोरा पढायो । छोरा पढेर नायब सुब्बा भयो । अनि उसलाई गोबर गन्हाउन थाल्छ । कृषिप्रधान देशको नायब सुब्बा मुर्रा भैँसीलाई घृणा गर्छ । ऊ पदले त नायब सुब्बा नै हुन्छ, तर चेतनाले 'भेडा' नै रहन्छ । पढ्नु एउटा कुरा, चेतनशील हुनु अर्को कुरा हो । नेपाल गरीब भएको यो देशमा पढेलेखेका मान्छेहरू नभएर हैन, चेतनशील मान्छेहरू नभएर हो ।

नेपालमा को कस्तो छन्, सबैलाई थाहा भएकै कुरा हो । हामी सबै ९० प्रतिशत भैँसी गोठालाकै छोराछोरी हौ । विशालबजारको चस्मा लगाएको बेला केही क्षण आफूलाई हिरोजस्तो महसूस गर्नु स्वाभाविक छ, तर चस्मा हराएपछि हामी हुने भनेको भैँसी गोठालाकै छोराछोरी हो । 

र, नेपाल गोठालाहरूको देश हो भन्न कुनै कारणले हिच्किचाउनु पर्दैन । स्विट्जरल्यान्डमा केबलकारहरू मात्रै छैनन्, केबलकार मुनि गोठालाहरू छन् । फ्रान्समा आइफिल टावर मात्र हैन, त्यहाँ पनि गोठालाहरू छन् । चीनमा ग्रेटवाल मात्र छैन, त्यहाँ पनि गोठालाहरू नै छन् । वास्तवमा विश्व नै गोठालाहरूको भूमि हो । 

आयातित पाउडर दूध खाएर बच्चाहरूको स्वास्थ्य ध्वस्त भइसक्यो । कोकाकोला र फेन्टाले नेपालको पैसा सबै बाहिर लगिसक्यो । हामी त मोही, दूध खाएर हुर्किएको । हाम्रो बजारमा त मोही र दूध हुनुपर्ने हो पेय पदार्थका रूपमा । तर, दु:खको कुरा एक लिटर दूध पनि पानी मिसाएको किन्नुपरेको छ । सेतो देख्यो भने दूध नै होला भन्नुपरेको छ । हामीले त दूध, घिउ, चीज विदेशभरी बेच्नुपर्ने हो । तर, पोहोर साल भाटभटेनी गएको थिएँ, भगवान कसम! पोल्यान्डको भैँसीको घिउ रहेछ । म तीनछक परें । 

मुर्रा भैँसी मात्र हैन, अहिले त बाख्रा, कुखुरा, माछा सबै ब्रिड नै गरिएका छन् । र, समयक्रममा सबै विदेशबाट नै ल्याइएका छन् । राणा प्रधानमन्त्री जंगबहादुरका छोरीज्वाइँले चिया नेपाल भित्र्याएको सुनिन्छ । बर्माबाट कफी आयो । राजा महेन्द्रले फ्रान्सबाट अंगुर ल्याए भनिन्छ । राजा वीरेन्द्रले पाकिस्तानबाट किन्नो जातको सुन्तला र चीनबाट हात्तीसुँडे खुर्सानी नेपाल ल्याएका हुन् अरे ।

आम्रपाली, मल्लिका जातका आँप र पन्त लेमन नामको कागती भारतको पन्तनगरस्थित कृषि विश्वविद्यालयबाट ल्याइएको भनिन्छ । बोयर बाख्रा पनि ल्याइएको नै हो । 

सबै त ल्याएर नै आएको हो । प्रधानमन्त्री प्रचण्डले मुर्रा ल्याएर के बिग्रियो त ? 

भारतबाट मुर्रा भैँसी (राँगो) नल्याएर के ल्याएको भए जाती हुन्थ्यो त ? बम, गोला, बारुद ल्याउनुपर्थ्यो ? कि साउदी र कतारले अमेरिकाबाट ल्याएजस्तै फाइटर जहाज ल्याउनुपर्थ्यो? हामीलाई जे आवश्यक छ, त्यही त ल्याउने हो ।

हिजो नेपाल आउने विदेशी सरकारका पाहुनाहरूले पनि नेपालदेखि मृग, बाघ, हात्तीको छावा लगेर जान्थे । जे हामीसँग थियो त्यही लग्थे । भारतसँग मुर्रा भैँसी थियो, त्यही दियो । अब गर्ने के त? हुँदै नभएको भारतले दिन्छ त ? के प्रचण्ड मामाघरमा गएका थिए र चिचीपापा ल्याउनका लागि ? 

प्रचण्ड मन नपरे पनि दूध त हामी सबैलाई मन पर्छ । दूधबाट बनेको खीर, दही, घिउ त झन् धेरै मन पर्छ । यसकारण प्रचण्ड मन परेन भन्दैमा भैँसी पनि मन नपर्न त भएन नि । कि भैँसी मन पर्नुपर्‍यो कि त प्रचण्ड मन पर्नुपर्‍यो, दुईवटै मन नपारेर गर्न खोजेको के हो? भैँसीकै कारण देखाएर फेरि पनि संसद् विघटन गर्न खोजेको हो ?

जहाँसम्म सम्मानको कुरा छ, जब हामीले आफ्नो देशको प्रधानमन्त्रीलाई कम्तीमा विदेश भ्रमणमा रहेका बेला समेत सम्मान गर्दैनौं भने विदेशकाले सम्मान गरोस् भनेर अपेक्षा गर्ने अधिकार पनि हामीलाई छैन । हामीले 'गो ब्याक मोदी' भन्न सक्छौं भने तिनीहरूले पनि 'गो ब्याक प्रचण्ड' भन्न सक्छन् । तर, विचार मिलेन भन्दैमा सानो र सरल कुरामा पनि यो हदसम्मको विरोध गर्नु अंश दिएन भनेर छोराले बाउ मार्नु बराबर हो ।

ओली र देउवा सरकारकै पालामा माग गरिएको मुर्रा भैँसी (राँगो) भारतले अहिले दियो त के बिग्रियो? बरु विगतको सरकारलाई जाबो भैँसीमा पनि विश्वास गरेन भारतले भनौं न । केपी ओलीले त टेलिफोन गरेर नै भैँसी मागेका थिए अरे । तर, चियावाला मोदीले दूध हाम्रै लागि कमी भएकाले दिन नसक्ने बताएको भन्ने बजार हल्ला सुनिन्छ । अहिले भैँसी प्रचण्डले ल्याए पनि दूध त हाम्रै मुखमा जाला क्यारे । कि एमाले र राजावादीहरूले खाने दूध अर्कै हुन्छ र ? भैँसीको दूध नै पिउने गरेको छ भने पक्कै पनि सेतो नै हुन्छ होला ।

प्रचण्ड मन नपरे पनि दूध त हामी सबैलाई मन पर्छ । दूधबाट बनेको खीर, दही, घिउ त झन् धेरै मन पर्छ । यसकारण प्रचण्ड मन परेन भन्दैमा भैँसी पनि मन नपर्न त भएन नि । कि भैँसी मन पर्नुपर्‍यो कि त प्रचण्ड मन पर्नुपर्‍यो, दुईवटै मन नपारेर गर्न खोजेको के हो? भैँसीकै कारण देखाएर फेरि पनि संसद् विघटन गर्न खोजेको हो ?

जहाँसम्म भैँसीको पूजाको कुरा छ, पूजा गर्न मज्जाले पाइन्छ । भैँसीले दूध दिएको छ, हाम्रो जहान बच्चा पालेको छ, हामी स्वयंलाई पनि ऊर्जा दिएको छ भने पूजा गर्न किन हुँदैन । अरू पूजा गर्नुहुन्छ, भैँसी हुँदैन भन्ने पनि कहीँ छ र ? भैँसी पनि मान्छेजस्तै जीवित प्राणी हो । मान्छेलाई जे-जे हुन्छ त्यो सबै भैँसीलीई हुन्छ । अहिले त भैँसीको नाममा राजनीति पनि भयो । हाम्रो देश 'नमूना'हरूको देश हो जहाँ भैँसीका कारण सरकार ढल्न पनि सक्छ ।

यदि भैँसीका कारण सरकार ढल्यो भने यो देशका परिश्रमी गोठालाहरूको घोर अपमान हुनेछ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ ४, २०८०

सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...

भदौ २०, २०८०

कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...

भदौ १५, २०८०

पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

भदौ २०, २०८०

अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...

भदौ २७, २०८०

मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x