चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ ।
कोभिड महामारीको समयमा आफ्ना पिता तथा दुई भाइहरूको मृत्यु भएको विनयको परिवारमा सबैलाई कोभिड भएको थियो ।
लेखक विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो ।
आईसीयूमा जीवनका अन्तिम सास फेर्दै बाँचेका विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन् । आफ्नो परिवारमा भएको वज्रपात तथा आफूले सहनुपरेको पीडाबारे उनले आफूलाई निचोरेर लेखेको बताएका छन् ।
'अस्पतालमा रहँदा बाहिरबाट एक जना भाइको निधन थाहा पाएँ, बुबा र अर्को भाइको निधन अस्पतालबाट डिस्चार्ज भएपछि मात्र थाहा पाएँ,' उनले भने, 'घरमा सबैलाई कोरोना संक्रमण भएको पनि घर आएपछि थाहा पाएँ । मैले आईसीयूमा हरेक पल जीवन र मृत्युको रेखामा संघर्ष गरें ।'
कविता, नियात्रा तथा निबन्ध विधामा कलम चलाउने विनय साहित्य सन्ध्या, जनसाहित्य संघलगायत संस्थामा आबद्ध छन् ।
उनले प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, रमेश विकल सम्मान, युद्धप्रसाद मिश्र सम्मान, प्रगतिशील लेखक संघ सम्मान आदि दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
पुनर्जन्म (संस्मरण) शिखा बुक्सले प्रकाशन गरेको हो ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...