×

५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित

काठमाडाैं | साउन २९, २०८१

स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ । 

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने÷गराउने कार्य गरिरहेको जानकारी दिएको छ । 


Advertisment

“प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा  सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने द्रूत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको छ”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित सङ्घसंस्था तयार सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपले पूरा गर्ने निर्णय गरिएको छ ।”


Advertisment

आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयारगरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ । 

Laxmi Bank

जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखलाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्कगरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ । 
    
जनचेतना तथा सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच कार्य भइरहेको, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन (बैठक, छलफल, स्वास्थ्य सामग्री वितरण, रेडियो–टेलिभिजन, टेलिकम, फेसबुक र इन्स्टाग्राम आदिबाट सूचना÷जानकारी प्रदान) गरिएको महाशाखाको भनाइ छ । 

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

असार २७, २०८१

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर ब...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x