कात्तिक २७, २०८०
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
एनसेलले देशभित्रका साथै बाहिर पनि रोमिङका बेला ओटीपी र एसएमएस अलर्ट शुरू गरेको छ ।
प्रयोगकर्ताहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्डहरू (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने छन् ।
यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरी केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्त्व राख्ने कम्पनीले जनाएको छ ।
विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लीकेशन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रूपमा प्राप्त गर्ने गर्दछन् ।
यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरू सरकारी निकायहरू, अर्ध–सरकारी निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरू र गुगल र फेसबूक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउने गरेका छन् ।
'हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,' एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । 'शुरूआतमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएको छ । उदाहरणका लागि एनसेलका ग्राहकहरूले आन्तरिक राजश्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्थाहरू र विभिन्न सामाजिक सञ्जालहरूबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।'
एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता जानकारी तथा सूचनाहरू प्राप्त गर्न योग्य रहेको बताएको छ ।
साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।
एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।
'केही सर्ट–कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौं । सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्,' मोहसिनले भने । यसबाहेक, केही समस्या भए ग्राहक र सर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् ।
साथै, ९७० नम्बर रेन्जमा ग्राहकले शुरूका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैंले सधैं अन विशेष नम्बरका रुपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ ।
यसले ग्राहकहरूलाई आफू वा आफ्ना प्रियजनहरूको लागि आफ्नो रोजाइको नम्बरहरू प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्दछ ।
नयाँ नम्बर रेन्जमार्फत ग्राहकहरूलाई थप र विस्तारित सेवा तथा सुविधाहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...
नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...