असार २५, २०८१
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
साहित्यमा क्रियाशील स्रष्टाहरूले ‘आफूविरुद्ध आफै’अभियान शुरू गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रम गरी अभियानको शुरूआत गरेका हुन् ।
अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्नेगरी अभियान शुरू भएको अभियन्ता साहित्यकार आरएम डङ्गोलले बताए ।
साहित्यकारहरू प्रशंशाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने उनको भनाइ छ । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने।
उनका अनुसार अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् ।
जसको सदस्यहरूमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशंकर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् ।
कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।
साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए ।
उनले सङ्ग्रहभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । त्यसैगरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहिनले कृतिमाथि टिप्पणी गरेका थिए ।
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्ड...
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...
‘जब टेक्छु यो लमतन्न राजमार्ग टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा गिट्टि सपनाको अलकत्रा घोलेर बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...