×

फ्युचरामा प्रदर्शनी​​​​ : नयाँ पुस्तालाई प्रेरित गर्ने रूपान्तरणकारी प्रविधि, २५ सय बढीले गरे अवलोकन​​​​

काठमाडाैं | भदौ २, २०८१

इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तीकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ ।

१४ देखि १६ अगस्टसम्म सञ्चालन भएको कार्यक्रमको उद्देश्य सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु थियो ।


Advertisment

कार्यक्रममा एआई, गुगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथीजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो ।


Advertisment

यी सबै प्रविधिहरू स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएको हो । जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गरेको कलेजले जनाएको छ ।

Laxmi Bank

प्रदर्शनीमा डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेसनका अनुभवहरू समावेश गरिएको थियो ।

null

‘फ्युचरामा’ले अन्तरक्रियात्मक बुथहरू, प्रत्यक्ष प्रदर्शनीहरू र ज्ञानवर्धक कार्यशालाहरूमार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो ।

यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ ।

कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको कलेजले दाबी गरेको छ ।

'प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ । आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य राखेको छ,' आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताइन् ।

प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्युजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो ।

तीन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको आयोजकहरूले जानकारी दिएका छन् । ३ दिनमा २५०० बढी सहभागीहरूले प्रदर्शनीमा उपस्थिति जनाएका थिए ।

null

आयोजकका अनुसार ऐतिहासिक कार्यक्रम यस महिनाभरि नेपालका विभिन्न स्थानहरूमा सञ्चालन हुने छ । जसले रचनात्मकता सहयोग र जानकारी साझेदारीलाई प्रोत्साहित गर्नेछ।

आईटी र व्यावसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले प्राविधिक कार्यक्रमलाई उत्साहका साथ अँगालेका थिए । यसले उनीहरूको सिक्ने जोशलाई जोड दिए ।

null

null

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

जेठ १४, २०८१

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर'...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x