×

बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता हुँदै

काठमाडाैं | भदौ ५, २०८१

डिस्कभरि एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा  ‘डिस्कवरी एजुकेशन, एडुटेक कोडिङ प्रतियोगिता २०२४’ हुने भएको छ।

नेपाली बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसनको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । 


Advertisment

कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष)का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण पाण्डेले जानकारी दिए ।


Advertisment

उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ ।

Laxmi Bank

नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपीसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोर्टरी क्लब अफ याला, वनकभर प्रालि, आईसीटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्सलगायतका संस्थाले सहयोग गर्नेछन् ।​

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ ।

यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिस्कभरि एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत नि:शुल्क प्रशिक्षण दिनेछन् ।

त्यसपछि विद्यार्थीले आफ्नो थिममा आधारित रहेर परियोजना अनलाइनबाट पठाउनुपर्ने छ ।

अनलाइनमा प्राप्त परियोजना मध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ ।

त्यहाँ मेन्टरको गाइडअनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्ने हुन्छ ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरि एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन नि:शुल्क पाउनेछन् ।

साथै, विजेताले ट्याबलेट र ५० हजार रुपैयाँसहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरि एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।

'कोडिङले बालबालिकालाई प्रविधिको संसार अन्वेषण गर्ने अवसर प्रदान गर्छ र भविष्यका करियरहरूमा उपयोगी हुन सक्ने सीपहरू सिक्न मद्दत पुर्‍याउँछ । यसकारण यस्ता सीपहरूको विकास प्रारम्भिक उमेरदेखि नै गरिनुपर्छ,' दूरशिक्षाका सीईओ पाण्डेले भने ।

उनका अनुसार डिस्कभरि एजुकेसन कोडिङ प्लेटफर्मको माध्यमबाट सहभागीहरूले एल्गोरिदम, सिक्वेन्स, भेरिएबल्सजस्ता कोडिङ अवधारणाहरूमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै कम्प्युटेशनल सोचाइ, तार्किक विचार र समस्या समाधानको सीप विकास गर्नेछन् ।

कम्पिटिसन क्याटेगोरी

​•    कक्षा २ – ५ का लागि कोडिङ प्रतियोगिता (ब्लक-आधारित कोडिङ)
•    कक्षा ६ – ९ का लागि कोडिङ प्रतियोगिता (पाइथन कोडिङ)

इच्छुक विद्यार्थी एकल वा समूह (दुईदेखि तीन जनासम्म) रूपमा प्रतिस्पर्धाका लागि आवेदन दिन सक्ने छन् । आयोजकका अनुसार विद्यार्थीले ६ सेप्टेम्बरअघि अनलाइन रजिस्ट्रेसन गर्नुपर्छ ।​

दूरशिक्षा आफ्नो स्थापना कालदेखि नै सूचना प्रविधिको उच्चतम प्रयोग र त्यसका लागि चाहिने दक्ष जनशक्ति देशमै उत्पादन गर्न कटिवद्ध संस्था हो ।

यस प्रकारको प्रतियोगिताको आयोजनाले नेपालमा पनि विश्वस्तरीय सीप र त्यसलाई चाहिने जनशक्ति विकास गर्ने संयन्त्र र संस्थाहरू छन् भन्ने सन्देश दिने दूरशिक्षाका अध्यक्ष यलम वैद्यले बताए ।

त्यस्तै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का अध्यक्ष प्राडा सूवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने बताए।

नेपाल प्रहरीका पूर्व डीआईजी एव एनपीसर्टका सल्लाहकार डाक्टर राजीव सुब्बाले प्राविधिक सीपले मात्र विद्यार्थीलाई सशक्त बनाउने बताए । यस्ता प्रतिस्पर्धाले युवाहरूको सोच र व्यवहारलाई पनि आकार दिने उनको भनाइ छ ।​

वनकभर प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले विश्वस्तरीय कोडिङ प्रतियोगिताले नेपाली विद्यार्थी, विद्यालय, समाज तथा समग्र देशलाई नै प्रविधिसँग नजिक गराउने तथा डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउने बताए ।

नेपाल टेक ब्लगर एसोसिएसनका संस्थापक रितेश घिमिरेले बाल कोडिङ प्रतियोगिताले प्राविधिक सीपलाई फस्टाउने र युवा मनलाई आईटी उद्योगका लागि तयार बनाउने बताए ।

टेक आन्टरप्रेनियर्स एसोसिएसन अफ नेपालका संस्थापक निर्देशक पदमराज पन्तले कोडिङ प्रतियोगिताले बचपनदेखि नै उद्यमी सोच विकास गर्ने बताउँदै यसबाट भविष्यका नवप्रवर्तकहरूको बाटो खोल्ने विचार प्रस्तुत गरे ।

'यस्तो प्रतियोगिताले नेपाली युवा विद्यार्थीलाई २१औं शताब्दीको सीप उजागर गर्न र आफ्नो लुकेको प्रतिभा लाई बाहिर ल्याउने अवसर प्रदान गर्दछ,' रोटरी क्लब अफ यलका सेवा निर्देशक डा दिनेशलाल श्रेष्ठले भने ।

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x