×

बुटवलमा मगर साहित्य महोत्सव हुँदैः कविता प्रतियोगितादेखि चित्रकला प्रदर्शनीसम्म

बुटवल | भदौ ५, २०८१

मगर कला साहित्यको प्रचार गर्ने उद्देश्यसहित बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ । मगरात अध्ययन केन्द्र र नेपाल महिला मगर संघ रुपन्देहीले आगामी मंसिरमा ‘प्रथम मगर साहित्य महोत्सव’ गर्न लागेका हुन् । बुधवार बुटवलमा पत्रकार सम्मेलन गरी मंसिर २१ र २२ गते महोत्सव गर्न लागिएको जानकारी दिइएको हो । 

‘आफ्नो कथा आफैँ लेखौँ’ नारासहित पश्चिम क्षेत्रमै पहिलोपटक मगर साहित्य महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । 


Advertisment

दुई दिनसम्म चल्ने महोत्सवमा मातृभाषा कविता प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा विमोचन, चित्रकला प्रदर्शनी तथा बिक्री, मौलिक नृत्य प्रदर्शन, आदिकवि जीतबहादुर सिँजालीमगर/रेखबहादुर सारूमगर साहित्य पुरस्कार र गोरेबहादुर खपाङ्गी सामाजिक योगदान पुरस्कार वितरण गरिने महोत्सव समितिका प्रवक्ता शंकर गाहाले बताए ।


Advertisment

यस्तै महोत्सवमा प्राचीन सामग्रीको प्रदर्शन, विद्घत प्रवचन, संवाद तथा बहस, अभिलेखनलगायत विविध रचनात्मक कार्यक्रम गरिने छ ।

Laxmi Bank

सामाजिक संस्था स्थापना भएको ३३ वर्षमा साहित्यिक क्षेत्रमा रुपन्देहीमै पहिलोपल्ट कार्यक्रम आयोजना हुन लागेको उनले बताए । ‘मगर साहित्य काठमाडौं र पूर्व क्षेत्रमा हुने गरेको भएपनि पश्चिममा भने पहिलोपटक हुन लागेको हो,’ उनले भने ।

कार्यक्रमको संवाद तथा बहस कार्यक्रममा पूर्वडीआईजी पार्वती थापा, निर्देशक अनिल बुढा, मानवशास्त्री सुरेश ढकाल, महावीर पुन, युवा चलचित्र निर्देशक गोपाल आचार्य, हरि बुढा लगायत सहभागी हुने निश्चित भएको प्रवक्ता गाहाले बताए । महोत्सवमा स्थानीय साहित्यकारहरूको समेत सहभागिता रहने उनले जानकारी दिए । 

यसैगरी कार्यक्रममा हुने गाला राउन्डमा मास्टर मित्र सेन, अरुण थापा, क्रान्ति आले, हेमन्त रानाका मगर गीतहरू प्रस्तुत गरिने उनले बताए ।

कार्यक्रममा महोत्सव आयोजक समितिका सदस्य यम रानाले साहित्य क्षेत्र सबल र मजबुत भएमात्र समाज सबल हुने भन्दै पुर्खाबाट नै उत्कृष्ट साहित्यको इतिहास बोकेका आफूहरू यसको जगेर्नामा लागेको बताए । 

मातृभाषा कविता प्रतियोगिताअन्तर्गत मगर भाषामा लेखिएका कविताहरूको प्रतियोगिता हुनेछ । कार्यक्रममा संघका अध्यक्ष निर्मला थापाले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरी रहेको बताइन् । 

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

साउन ५, २०८१

पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्ड...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x