असोज २, २०७९
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ ।
गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्दै जान्छ । यी लामखुट्टे डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको कारण बन्छन् । कतिपयको यसबाट मृत्यु समेत हुने गर्छ ।
आफूलाई सुरक्षित राख्न लामखुट्टेको टोकाइबाट बच्नु महत्त्वपूर्ण छ। त्यसकारण मानिसहरूले प्रायः लामखुट्टेलाई भगाउने प्रयास गर्छन् ।
विज्ञान र प्रविधिको विकासमा निकै फड्को मारिसकेको मानव समुदायले के यो लामखुट्टेलाई सधैंका लागि पृथ्वीबाट भगाउन सक्छ ? यदि त्यसो गर्ने हो भने के असर होला ?
विश्वभर लामखुट्टेका ३ हजारभन्दा बढी प्रजाति रहेको बताइन्छ । संसारका यी सबै लामखुट्टे निर्मूल भए के होला ?
लामखुट्टेको विषयमा लामो अध्ययन गरेका अमेरिकी विशेषज्ञ डा. फिल लोनिबसका अनुसार संसारभरका लामखुट्टे एकैपटक मासिएमा त्यसको 'साइड इफेक्ट' मानव समुदायलाई पनि पर्नेछ ।
लोनिबसका अनुसार जीवजन्तुको रगतमात्र होइन, बोटबिरुवाको रस पिएर लामखुट्टे जीवित रहन्छ । त्यसका कारण बिरुवाको परागकण फैलिन्छ र फूल फलमा परिणत हुन्छ । यो लामखुट्टेको एउटा महत्त्वपूर्ण काम हो ।
यसबाहेक लामखुट्टे प्राकृतिक खाद्य चक्रका लागि पनि महत्त्वपूर्ण छन्। धेरै चराचुरुङ्गी र चमेरोले लामखुट्टे खान्छन् । साथै, माछा र भ्यागुताहरूले पनि लामखुट्टेको स्ल्यागलाई आफ्नो खानाको रूपमा प्रयोग गर्छन् ।
लामखुट्टेलाई एकैपटक मास्ने हो भने त्यसले इको सिस्टमलाई नै प्रभावित पार्ने उनको भनाइ छ ।
यद्यपि लामखुट्टे नहुँदा संसार नै चल्दैन भन्नेचाहिँ होइन । कतिपय वैज्ञानिकहरू लामखुट्टेलाई निर्मूल पार्ने हो भने अन्य कुनै जीव प्राकृतिक खाद्य शृंखलामा जोडिन सक्ने बताउँछन् ।
पृथ्वीको विकास हुँदा धेरै प्रजाति लोप भइसकेकाले लामखुट्टे लोप हुँदैमा संसार बर्बाद नहुने उनीहरूको तर्क छ ।
तर, लेनिबस भने यसमा फरक धारणा राख्छन् ।
लामखुट्टे लोप भइसकेपछि त्यसको स्थान लिने अन्य प्रजातिले पनि यस्तै रोग नफैलाउलान् भन्न नसकिने उनको तर्क छ । लामखुट्टेलाई प्रतिस्थापन गर्ने जीव लामखुट्टेजत्तिकै वा अझ बढी खतरनाक हुन सक्ने तर्क उनले गरे ।
वैज्ञानिकहरूले लामखुट्टेका सबै प्रजाति एकैपटक नष्ट गर्ने गरी कुनै अनुसन्धान अगाडि बढाएका छैनन् ।
तर, एडिसलगायत रोग फैलाउने प्रकृतिका लामखुट्टेको अनुवांशिक परिवर्तन गरेर सामान्य बनाउन सकिन्छ कि भन्नेमा भने अनुसन्धान हुँदै आएको छ ।
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् । नमूना आवासीय मावि कक्ष...
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ । वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...
प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...