×

एनटीसीले कसरी तिरेको थियो नवीकरण बापतको दस्तुर ?

काठमाडाैं | भदौ १२, २०८१

नेपालको निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको नवीकरणबारे विविध कोणबाट चर्चा भइरहेका बेला सरकारी संस्था नेपाल टेलिकमको लाइसेन्स नवीकरण प्रक्रियाबारे पनि बहस शुरू भएको छ ।

नवीकरण शुल्क तिर्ने प्रक्रियामा नियामक निकाय दूरसञ्चार प्राधिकरणले बेलाबेलामा कसैलाई काखा, कसैलाई पाखा गरेको आरोप खेप्ने गरेको छ ।


Advertisment

यद्यपी प्राधिकरणले प्रतिस्पर्धी दुई दूरसञ्चार सेवा प्रदायक संस्था एनटीसी र एनसेललाई एउटै नियामकीय नियमले बाँधेको र कसैलाई काखा र पाखा नगरेको जवाफ दिने गर्छ ।


Advertisment

प्राधिकरणका अनुसार नेपाल टेलिकमले २०५६ सालको वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति लिएको थियो । अनुमति लिनेबित्तिकै एनटीसीले शुरूमा २ करोड र त्यसपछि १९ करोड तिर्यो ।

Laxmi Bank

त्यसो त नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ अनुसार दूरसञ्चार सेवाप्रदायकले २५ वर्षको लागि इजाजत पाउने व्यवस्था छ । 

लाइसेन्स लिएको पहिलो दश वर्षपछि प्रत्येक ५/५ वर्षमा २० अर्ब तिरेर नवीकरण गर्नुपर्ने व्यवस्था पनि सोही ऐनले गरेको छ ।

एनटीसीले गत २०६६ को वैशाखमा पहिलो नवीकरण गरेको थियो । त्यसका लागि प्राधिकरणले एनटीसीलाई २० अर्ब ८ किस्तामा तिर्ने सुविधा दियो ।

प्राधिकरणले नवीकरण शुल्क किस्तामा तिर्ने व्यवस्था नरहेको बताउँदै आएको छ । तर २० अर्ब रकम धेरै नै हुने भएकाले मन्त्रिपरिषदस्तरीय निर्णयबाट नवीकरणको रकम किस्तामा तिर्ने गरी व्यवस्था मिलाइएको हो ।

पहिलो नवीकरण गरेको ५ वर्षपछि २०७१ वैशाखमा प्राधिकरणले एनटीसीको लाइसेन्स दोस्रोपटक नवीकरण गरिदियो ।

पहिलो नवीकरणको २० अर्ब दस्तुर ८ किस्तामा तिरेको एनटीसीले दोस्रो पटक सोही रकम ५ किस्तामा तिरेर सक्यो ।

त्यसको ५ वर्षपछि २०७६ सालको वैशाखमा दूरसञ्चार प्राधिकरणले एनटीसीको पुनः नवीकरण गरिदियो । तर यसपटक एनटीसीले जम्मा १८ करोड ९० लाख तिर्यो ।

यसपटक एनटीसीले किस्ताबन्दी भन्दा पनि अझ राम्रो सुविधा पायो । नवीकरणबापतको २० अर्ब ५ वर्षपछि अर्थात २०८१ को वैशाख २५ गते तिर्ने गरी लाइसेन्स नवीकरण गर्ने सहुलियत पायो ।

त्यसको तीन दिनपछि अर्थात वैशाख २८ गते एनटीसीको २५ वर्षे लाइसेन्स खारेज भयो । उसलाई प्राधिकरणले नयाँ लाइसेन्स दियो । नयाँ लाइसेन्सबापत एनटीसीले प्राधिकरणलाई २१ करोड दिएको थियो ।

नयाँ लाइसेन्स कति वर्षका लागि दिने भन्ने कानूनी प्रावधान स्पष्ट छैन । त्यसबीच प्राधिकरणले एनटीलाई ५ वर्षका लागि अनुमतिपत्र जारी गरिसकेको छ ।

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x