साउन ४, २०८१
मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...
काठमाडाैं | भदौ १४, २०८१
नाडा अटो शो, २०२४ यस वर्ष पनि ईभीमय बनेको देख्न सकिन्छ । सन् २०२२ मा लन्च भएको बीवाईडीको नयाँ भेरियन्टदेखि स्पोर्ट्समा सबैभन्दा चर्चा कमाएको ‘जेको जे ६’ सम्मका गाडी बिक्रीका लागि राखिएका छन् ।
गत मंगलबारदेखि शुरू भएको नाडा अटो शो २०२४ भदौ १६ गतेसम्म चल्नेछ । गत वर्ष करिब ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय गाडीहरूले ओगटेको नाडा अटो शोमा यस वर्ष पनि विद्युतीय गाडीहरूमै मानिस झुम्मिरहेका आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसवर्ष करिब १ लाख अलोवलोकनकर्ताले नाडा अटो शो अवलोकन गर्ने अपेक्षा छ । विद्युतीय गाडीको प्रतिस्पर्धामा कम्पनीहरूले अफरैअफर प्रदान गरिरहेका छन्, जहाँ नगद छुटदेखि बम्पर उपहारसम्म उपलब्ध छन् ।
विद्युतीय गाडीसहित महिन्द्रा
चर्चित भारतीय ब्रान्ड महिन्द्रा नाडा अटो शोमा आफ्नो विद्युतीय गाडीसहित देखिएको छ । इन्धन गाडीहरूको स्थापित ब्रान्ड महिन्द्राको यस वर्ष विद्युतीय गाडी ‘एसयूभी ४००’ र ‘एसयूभी ७००’ मुख्य आकर्षण बनेको छ । गत असारमा मात्रै महिन्द्रमा ‘एसयूभी ४००’ नेपालमा लन्च भएको थियो । त्यस्तै स्कोर्पियोको पनि आफ्नै विशेषताका कारण ग्राहकहरूको आकर्षणको केन्द्र बनिरहेको छ ।
विद्युतीय गाडी पनि ल्याएर महिन्द्राले दुवै प्रकारका गाडीको राम्रो मार्केट बनाइरहेको मार्केटिङ हेड निर्मल श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘एकदुई महिनाअघि मात्रै हामीले एसयूभी ४०० र ७०० नेपालमा लन्च गरेका थियौं । महिन्द्रले अटो शोमा ल्याएको विद्युतीय गाडी सबैको आकर्षणको विषय बनेको छ । यसका साथै हामीसँग १ करोड १० लाख रुपैयाँसम्मका र १ करोड २५ लाख रुपैयाँसम्मका स्कोर्पियो समेत छन् । नाडा अटो शोमा १५ गाडीहरू बिक्री भइसकेपछि एक जनाको बम्पर उपहार राखेका छौं ।’
छुटैछुटमा लिप मोटर्सको ‘सी १०’
सांग्रिला मोटर्स प्रालिले नेपाल भित्र्याएको लिपमोर्टसको ‘सी १०’ नामक गाडीको चर्चा छुट्टै देखिएको छ । नाडा अटो शोमा ७२ लाख पर्ने लिप मोटर्सको ‘सी १०’ लाई ६७ लाख ९९ हजारमा दिइरहेको सेल्सम्यान किरण श्रेष्ठ बताउँछन् । उनका अनुसार यो नाडा अटो शोका लागि मात्रै ल्याइएको अफर हो । प्रिमियम सेगमेन्टमा ‘सी १०’ उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
७० किलोवाटको ब्याट्रीसहित आउने ‘सी १०’ मा १६० किलोवाटको पावर कम्बिनेन्ट पाउन सकिन्छ ।
प्रिमियम सेगमेन्टमा रहेको ‘सी १०’ को ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । ‘सी १०’ ले ४२० किलोमिटरदेखि ५३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
जेको 'जे ६' र ओमोडाको 'ई ५'
सारडा ग्रुप्सले नेपाल भित्र्याएको ओमोडा ई ५ र जेको जे ६ ले नेपाली उपभोक्ताहरूमा राम्रो छाप बनाउन सफल भएको छ ।
गत माघ महिनामा नेपाल भित्रिएको ‘ओमोडा ई ५’ को २ भेरियन्ट अटो शोमा देख्न सकिन्छ । ओमोडाका डिलक्स र लग्जरी भर्सन खरिदमा १ लाखदेखि डेढ लाखसम्मको नद छुटका साथै एक वर्षको इन्स्योरेन्स प्रदान गरिरहेको छ ।
कम्पनीले डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्जरीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अटो शो २०२४ को हटकेकका रूपमा रहेको ‘जेको जे ६’ ले सबैलाई लोभ्याएको छ । विद्युतीय गाडीहरूमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स भएको जेको जे ६ ले ४०० किलोमिटर रेन्ज दिन्छ । जेको जे ६ को मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाडा अटो शो २०२४ का लागि ओमोडा ई ५ र जेको जे ६ दुवैको खरिदमा ७०० किलोवाटको चार्जर र एक वर्षको इन्स्योरेन्स निःशुल्क प्रदान गरिँदै आएको छ ।
एमजी
एमजीले नाडा अटो शो २०२४ मा ‘एमजी साइबरस्टर’ नेपालमा सार्वजनिक गरेको छ । जुन अहिले सोल्ड आउट भएर अटो शोबाट हटाइसकिएको छ ।
‘एमजी साइबरस्टर’ सोल्डआउट भएपछि अटो शोमा एमजी ४ को डिलक्स मोडल र ‘एमजी जेड एक्स ईभी’ देखिरहेका छन् । गत वर्ष नै सार्वजनिक भएका दुवै विद्युतीय गाडी आकर्षक देख्न सकिन्छ ।
४४० किलोमिटरको रेन्ज दिने एमजी ४ को मोटर पावर ९९ किलोवाट रहेको छ । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शोमा कम्पनीले १ लाख रुपैयाँ नद छुट प्रदान गरिरहेको छ ।
त्यस्तै, एमजी जेड एक्स ईभीको मूल्यमा ६ लाख छुट प्रदान गरिरहेको छ । जेड एक्स ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ हो भने, नाडा ओ शोमा ४६ लाख ९९ हजार रुपैयाँ प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले ७.७ किलोवाट र २.७ किलोवाटको चार्जर प्रदान गरिरहेको छ ।
प्रिमियम सेगमेन्टको जिकर
सारडा ग्रुप्सअन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल भित्र्याएको ‘जिकर एक्स’ नाडा अटो शो २०२४ को मुख्य आकर्षणको रूपमा देखिएको छ ।
जिकर एक्समा उपभोक्ताले दुईवटा विकल्प पाउँछन्, एउटा ३१५ किलोवाटको दुईवटा मोटर पावर भएको भेरियन्ट छ भने, २०० किलोवाट भोल्ट मोटर भएको भेरियन्ट पनि पाइन्छ ।
१९१ एमएमको ग्राउन्ड किल्यरेन्स रहेको जिकर एक्स यो सेगमेन्टकै सबैभन्दा उत्कृष्ट रहेको जिकरका सेल्स हेड किशोर महर्जनले बताए ।
सिंगल मोटरसहतिको जिकरको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ र डुअल मोटरवालाको १ करोड ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
तर, नाडा अटो शोमा जिकरको सिंगल मोटरको ७९ लाख ९९ हजार र डुअल मोटरको १ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
विद्युतीय गाडीहरूमा एक्लो बृहस्पति ‘सुजुकी’
नेपाली बजारमा वर्षौंदेखि इन्धन गाडीहरूको स्थापित ब्रान्ड सुजुकी मात्रै इभीबेगर नै प्रदर्शनीमा उपस्थित छ । नाडा अटो शो ईभीमय बनेका बेला सुजुकीका भने पेट्रोलियम इन्धनका गाडी मात्र उपलब्ध छन् ।
विद्युतीय गाडीको चर्चा अत्यधिक भए पनि एक खालको जमात इन्धन गाडी चढ्ने र विश्वास गर्ने खाले रहेको सिजी मोटोकर्पका प्रमुख बजार प्रबन्धक करुण शाक्य बताउँछन् । उनका अनुसार भविष्यमा पनि सुजुकी विद्युतीय गाडीमा जानेछैन ।
‘सुजुकीका अधिकांश गाडीमा नाडा अटो शोमा ४ लाख रुपैयाँसम्म छुट प्रदान गरिरहेका छौं । यसका साथै इन्स्योरेन्स पनि दिइरहेका छौं । एक्सचेन्ज बोनस पनि दिइरहेका छौं’, शाक्यले भने ।
सुजुकीको चर्चित ‘एयूभी निम्नी’ यसवर्ष पनि सबैको आँखामा परेको देख्न सकिन्छ । गत वर्ष नेपाल भित्रिएको जिम्नीमा उपभोक्ताहरू झुम्मिरहेका छन् । यसका साथै ‘स्विफ्ट’ मा पनि त्यत्तिकै राम्रो प्रतिक्रियाहरू आइरहेका छन् ।
मारुती सुजुकीले २५ लाख रुपैयाँदेखि एक करोडभन्दा बढी मूल्य पर्ने इन्धनका गाडीहरू बिक्री गर्दै आइरहेको छ ।
बीवाईडीको एप्लिकेसन सर्पोट गर्ने ‘बीवाईडी एट्टो ३’
बीवाईडीले ‘बीवाईडी एट्टो ३’ को २०२४ भर्सन नाडा अटो शोमा नै लन्च गरिएको छ । एप्लिकेसन सपोर्टसहित २०२४ मा बीवाईडी एट्टो ३ भर्जन अपग्रेड भएर आएको हो ।
नाडा अटो शोका लागि कम्पनीले एट्टो ३ मा १० वर्षको एप्लिकेसन डेटा उपलब्ध गराइरहेको छ । एप्लिकेसनमार्फत गाडी अन अफदेखि गाडीको रिमोट लोकेसन हेर्न पनि मिल्छ ।
यसका साथै, गाडीको ढोका खुला भएमा एपमार्फत बन्द गर्न सकिने जनाइएको छ ।
बीवाईडीको एड्भान्स भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सुपेरियरको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नाडामा यो गाडी खरिद गर्दा १० वर्षसम्म बीवाईडी एप्लिकेसन निःशुल्क चलाउन मिल्नेछ भने २.३ किलोवाटको पोर्टेबल चार्जर र इन्स्योरेन्स प्रदान गरिरहेको छ ।
मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...
गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...
निजी क्षेत्रको लगानीमा बुटवलमा निर्माण भएको पाँच तारे होटल सफ्रोन सीके प्रालि सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल अबको केही महिनाभित्र सञ्चालनमा आ...
जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...