×

धेरै पहिलेदेखि सुन्दै र पढ्दै आएको कुरा हो । शायद सबैले धेरै पढेको र सुनेको हुनुपर्छ यो । एक जना सज्जनले दुईवटा बाँदर पालेका रहेछन् । बाँदरहरूले उधुम गर्न थालेकाले सोचेछन् यिनीहरूलाई केही काम दिनुपर्‍यो तर, दिने पो के ? जे दिए पनि बिगारबाहेक केही गर्ने होइन । 

त्यसैले धेरै बेर सोचविचार गरी आफू सुतेको बेला गोडा मिच्ने काम दिएछन् । एक दिन अर्ध निद्रामा सज्जनले गोडा खप्ट्याइदिए छन्, जुन काम एउटा बाँदरलाई मन परेन र तेरो गोडा यता किन ल्या’ को भन्दै टोकिदिए छ । अर्को पनि के कम । तेरो चाहिँ किन ल्या’ को नि भन्दै अर्को गोडा पनि टोकिदिए छ । यति बेला सज्जनको अवस्था कस्तो भयो होला ? राखिएको सेवा गर्न गरिदियो उनैलाई अप्ठ्यारो पार्ने काम ।  


Advertisment

कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । धर्मसंस्कृति तथा संस्कार संरक्षणको सवालमा हाम्रो अवस्था पनि योभन्दा कम छैन । आज हाम्रो धर्मसंस्कृति र संस्कारमाथि जेजति बदनामका वर्षा भएका छन्, भइरहेका छन् तिनलाई सघाउने काम यसै क्षेत्रमा बसेकाहरूबाटै भइरहेका छन् । अनि देशीविदेशी तत्वबाट धर्मसंस्कृति तथा संस्कारमाथि खेल्ने काम भइरहेका छन् तिनमा पनि यसै क्षेत्रमा बसेकाहरूले नै सघाउँदै आएका छन् । काम त उनीहरूले धर्मसंस्कार र संस्कृति संरक्षणकै लागि गरेका छन्, हुन्छन् तर, व्यवहारले भने त्यसैलाई बदनाम गराउने काम भइरहेको अवस्था छ ।


Advertisment

उदाहरणका लागि आफ्नै आँखाले देखेको केही प्रतिनिधि घटना प्रस्तुत गर्न चाहन्छु । केही महिना अघिको कुरा हो एउटा देवीमन्दिरमा दर्शन गर्न गएको थिएँ । हेर्दाहेर्दै एक जना भक्तले फलफूलको टोकरी नै चढाएर गए । नजिकै बसेकी नानीले त्यसबाट एउटा कोसो केरा निकालेर खान खोजिन् तर, पुजारी महाशयले सहन सकेनन् र खान हुँदैन भन्दै खोसे । विचरा बसेका छन् पुजारी बनेर धर्मसंस्कृति संरक्षण गर्न तर, गर्छन् कुनै भोकाएकी नानीले खान लागेको भगवान्को प्रसाद खोस्ने काम । यस्तो अवस्थामा उनबाट हाम्रो धर्मसंस्कृति तथा संस्कार संरक्षणमा सघाउने काम भयो कि बदनाम स्वतः अनुमान लगाउन सकिन्छ । यो एउटा उदाहरण हो, जहाँको पनि मठमन्दिरको अवस्था योभन्दा भिन्न छ जस्तो लाग्दैन । 

Laxmi Bank

भन्न यस क्षेत्रमा लागेका वा बसेका सबै भन्छन् दानभन्दा ठूलो पुण्य अर्को छैन । सुन दान गरेको पुण्य यस्तो हुन्छ, घर दान गरेको पुण्य यस्तो हुन्छ, जमिन दान गरेको पुण्य यस्तो हुन्छ तर, व्यवहार भने सत्पात्र भनेको आफूमात्र हो र आफूलाई गरेको दानको मात्र अर्थ रहन्छ भन्ने नै भइरहेको हुन्छ  । धर्मशास्त्रले दानमा सत्पात्रको कुरा त गरेको छ तर, त्यो सत्पात्र भनेको जरुतमन्द हो, उसैका लागि भनिएको हो, जसले दानको वस्तुलाई सदुपयोग गर्छ तर, व्याख्या भने आफू र आफूजस्तै भइरहेको हुन्छ भने यसलाई के भन्ने । यस्ता व्यवहारले धर्मसंस्कृति र संस्कारको संरक्षण गर्छ कि बदनाम ? 

त्यस्तै हेरौँ अर्को पनि उदाहरण । एक दिनको कुरा हो कुनै एक सरकारी अस्पतालमा एक जना बिरामी टिकट काट्ने लाइनमा बसेका थिए । लाइन लामै थियो । सरकारी अस्पतालको लाइन जहाँ पनि लामै हुन्छ । यो मात्र अपवादमा पर्ने कुरै भएन । 

लाइनमा बस्ने सज्जन एक त बिरामी थिए अर्को उमेर पनि पाकै भएकाले होला अलि बढी नै कमजोर देखिन्थे तर, उनीभन्दा निकै पछि आएका एक जना बलिया सज्जन उनलाई उछिन्दै अगाडि गएर बसे । त्यतिबेला उनको व्यवहारको विरोध गर्ने कोही पनि भएन । कतिले मुखामुख गरे कतिले मुसुक्क हाँसेर पचाए । उनी को थिए थाहा भएन । 

शायद धार्मिक वा समाजसेवीको खोल ओडेका ठूलै मानिस हुनुपर्छ । धर्मशास्त्र भन्छ बिरामी र असक्त भनेका भगवान्का रूप हुन् तर, व्यवहार भने तिनै भगवान्का प्रतिनिधिको चित्त दुःखाउने हुन्छ भने यसलाई के भन्ने ?   

यी केही उदाहरण हुन् । वास्तवमा चाहे मठ, मन्दिर, मस्जिद, चर्च होस् चाहे कुनै अस्पताल वा सार्वजनिक स्थान जहाँको पनि अवस्था यस्तै हो । मुखद्वारा त सबै धर्म र सेवाको कुरा हुन्छ । सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्ने गिरिएको पनि पाइन्छ तर, व्यवहारद्वारा त्यसैलाई बदनाम गराउने काम हुन्छ भने पक्कै यस्ता कामले धर्मसंस्कार र संस्कृतिसंरक्षण हुँदैन ।   

यो कुनै व्यक्ति विशेषको मात्र कुरा होइन । अपितु प्रवृत्तिगत कुरा हो । हामीमा देवता भनेका टाडा रहेका मात्र हुन् भन्ने मान्यता छ । त्यसैले करोडौँ माइल टाडा रहेका चन्द्र, सूर्यको उपासना गर्र्छौँ । शनि बाङ्गो हुन्छन् कि भन्ने डर छ, स्वस्तिशान्ति गराउँछौँ तर, शनि बाङ्गिनुभन्दा मानिस बाङ्गिए भने दुःख पाइन्छ भन्नेतर्फ भने ध्यान दिँदैनौँ । त्यस्तै राहुकेतु बिग्रेर दुःख पाइन्छ कि भन्ने डरले जप त गराउँछौँ तर, दुःख पाइने उनीहरू बिग्रेरभन्दा आफ्नै व्यवहार र वातावरण बिग्रेर हो भन्नेतर्फ सोच्न भ्याउँदैनौँ ।

कतै जानु छ भने बाटो पनि त्यतैको समाउनुपर्छ । होइन भने जति नै हिँडे पनि कहिल्यै गन्तव्य भेट्टाउन सकिन्न । यदि धर्मसंस्कृति तथा संस्कारको सम्मान र संरक्षण गर्ने हो भने हाम्रो व्यवहार पनि त्यस्तै हुनुपर्छ । होइन भने सम्मान होइन बदनाम गराउनेबाहेक केही हुँदैन । अस्तु आजलाई यति नै ।

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x